काठमाडौँ-पछिल्लो समय वैदेशिक शिक्षा नेपाली विद्यार्थीहरूका लागि केवल डिग्री प्राप्तिको साधन होइन, व्यावसायिक क्षमता विकास, अन्तर्राष्ट्रिय exposure, र दीर्घकालीन अवसर खोजीको माध्यम बनेको छ। अमेरिका, अष्ट्रेलिया, क्यानडा, युके, र फिनल्याण्ड जस्ता गन्तव्य देशहरूको आकर्षण छ ।कोभिडपछिको खुला विश्व, डिजिटल परामर्श सेवाको विस्तार, दक्षता–केन्द्रित माइग्रेशन नीतिप्रति चासोले वैदेशिक शिक्षा क्षेत्रलाई नयाँ मोड दिएको छ। यसैले, विद्यार्थीहरूले सही मार्गदर्शन र सुरक्षित सेवा सुनिश्चित गर्न सरकारी दर्ता प्राप्त र प्रमाणित कन्सल्टेन्सी छान्नु आवश्यक छ, किनकि अनधिकृत कन्सल्टेन्सीहरूले सेवाको पारदर्शिता र विश्वसनीयता नदिन सक्ने जोखिम रहन्छ। विगत १४ वर्ष देखि वैदेशिक शिक्षाको क्षेत्रमा लामो अनुभव, समर्पण र विश्वासको अर्को अध्याय जोड्दै, Pacific International Study Abroad Consultancy ले आफ्नो १४ औं वार्षिकोत्सव भव्यताका साथ मनाएको छ। विभिन्न देशहरूमा उच्च शिक्षाका लागि नेपाली विद्यार्थीहरूलाई सफलतापूर्वक भर्ना गर्दै आएको यो संस्थाले समयसँगै आफ्नो कार्यदिशा, सेवाको दायरा र प्रभावलाई थप सुदृढ बनाउँदै आएको छ।
बागबजारस्थित मुख्य कार्यालयबाट सुरु भएको यो संस्थाले पछिल्ला वर्षहरूमा अमेरिका, अष्ट्रेलिया, क्यानडा, फिनल्याण्ड, न्यूजिल्याण्ड र बेलायतजस्ता गन्तव्य मुलुकहरूमा धेरै नेपाली विद्यार्थीलाई पढाइका लागि पठाइसकेको छ। विद्यार्थीका आवश्यकता, उद्देश्य र क्षमतालाई बुझेर गरिने परामर्श र सेवाले यस संस्थालाई अन्य परामर्शदाताभन्दा पृथक बनाएको छ।
संस्थाका प्रबन्ध निर्देशक सुस्मा आचार्यले विद्यार्थीप्रतिको उत्तरदायित्वलाई गम्भीर रूपमा लिँदै संस्थालाई गुणस्तरीय सेवा र पारदर्शिताको आधारमा अगाडि बढाएकी छन्। उनले संस्थाको यात्रालाई “सपना साकार गर्ने साझा जिम्मेवारी” का रूपमा व्याख्या गर्दै, भविष्यमा पनि विद्यार्थीलाई भरोसालाग्दो दिशानिर्देशन दिइने स्पष्ट पारिन्। उनका अनुसार, शिक्षा केवल विदेश जाने माध्यम होइन, जीवन बदल्ने ऊर्जा हो, जुन सही मार्गदर्शनबाट सम्भव हुन्छ।
त्यसैगरी, प्रमुख सञ्चालन अधिकृत श्रीराम खनालले संस्थाको कार्य पद्धति, विद्यार्थी केन्द्रित सोच, र टिमवर्कको भूमिका औँल्याउँदै, “हामी केवल प्रक्रिया पूरा गर्ने संस्था होइनौं, हामी जीवनलाई आकार दिने काम गर्छौं” भन्ने विचार साझा गरे। नेतृत्वमा आएको स्थायित्व, कर्मचारीहरूको दक्षता र संस्थाले बनाएको अन्तर्राष्ट्रिय साझेदारीहरू संस्थाको दीर्घकालीन सफलताको मूल कारणमध्ये पर्छन्।
Pacific International ले IELTS, TOEFL, PTE, र SAT जस्ता तयारी कक्षाहरू, विश्वविद्यालय छनोट, भिसा आवेदन सहयोग, भाषा तथा अन्तर्वार्ता तयारी, र करियर परामर्श जस्ता सेवाहरू प्रदान गर्दै आएको छ। यी सबै सेवाहरू विद्यार्थीको आवश्यकतालाई मध्यनजर गरेर अनुकूलित गरिएका हुन्छन्।
वार्षिकोत्सवको अवसरमा आयोजित विशेष समारोहमा संस्थाले उत्कृष्ट विद्यार्थीहरू, अभिभावकहरू, र टिम सदस्यहरूको योगदानको कदरस्वरूप सम्मान गरेको थियो। यसले केवल सफलताको उत्सव मात्र होइन, विश्वास र सम्बन्धको पुनः पुष्टि पनि गरेको हो।
१४ वर्ष लामो यात्रामा Pacific International ले वैदेशिक शिक्षालाई नेपालको युवा पुस्ताका लागि अवसरको ढोकाजस्तै बनाएको छ। धेरै विद्यार्थीको सफलताको साक्षी मात्र नभएर साझेदारको भूमिकामा रहँदै, संस्था अब थप व्यापक योजनाका साथ भविष्यतर्फ उन्मुख हुँदैछ।
यद्यपि भिसा प्रक्रिया, लागत र सही मार्गदर्शनको चुनौती कायमै रहेको हुँदा, पारदर्शी र जिम्मेवार शैक्षिक परामर्शदाताको भूमिका अहिले झनै निर्णायक बन्दै गएको छ। यो नेपाल शैक्षिक परामर्शदाता संघ (ECAN) को सदस्य संस्था पनि हो।नेपाल सरकारबाट मान्यताप्रात्त हुनुको साथै अन्तरराष्टिय स्तरको PIER,IATC,USATC,EAC जस्ता Training प्रात्त परामर्श दाता यस संस्थामा कार्यरत भयकोले बिधार्थीहरूले सहि सुचना प्राप्त गर्न सक्छन।
-
सुक्खा पहिरोले थुनिएको बूढीगण्डकी फुट्दा लेदोसहितको भीषण बाढी, दुईवटा झोलुंगे र एक पक्की पुल बगे
-
दशैँको अवसरमा सेफर्ड कलेजद्वारा असहाय सेवा सदनमा सहयोग
-
स्मार्ट’ सहरको अघोषित नाकाबन्दी र सडकबाट एउटी दलित महिलाको प्रश्न ‘सरकार, कोठा खाली छ ?’
-
नेपाल फिनटेक एक्सपो २०२६ अक्टोबर ९ देखि सुरु हुँदै: बैंकिङ, फिनटेक र एआई प्रविधिको तीन दिने बृहत प्रदर्शनी
-
मधेशमा शिक्षाको नयाँ युग: दरबार हाइस्कुलजस्तै १०० वटा ‘वर्ल्ड क्लास’ विद्यालय निर्माण गरिने
-
नेपाली क्रिकेटका ९ स्टार खेलाडी ‘टिम एक्सट्रीम’मा आबद्ध, खेलाडीको ब्याटमा लोगो रहने
-
कांग्रेस महाधिवेशनमा चुनावी सरगर्मी : नयाँ नेतृत्वका लागि आज दिउँसोबाट उम्मेदवारीको ढोका खुल्दै
-
आप्रवासी स्रोत केन्द्रका परामर्शकर्तालाई तनाव व्यवस्थापन तालिम
-
सडक अवरुद्धपछि स्यार्फुवेशीका कुकुरहरूलाई ‘टेम्पल डग रेस्क्यु’ र ‘NAWES’ को जीवनदान
-
बालेनको कूटनीतिक सक्रियता : भारतीय र अमेरिकीपछि अस्ट्रेलियाली राजदूतसँग सिंहदरबारमा भेटवार्ता
