काठमाडौं – सबै संघीय अस्पतालहरुले आफ्ना उपकरणको अवस्थाबारे अडिट गरेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई बुझाउनुपर्ने भएको छ । मन्त्रालयले अस्पतालहरुसँग भएका उपकरण तथा उनीहरुको अवस्थाबारे यकिन विवरण नभएको भन्दै सबै संघीय अस्पतालहरुमा अनिवार्य रुपमा मेडिकल उपकरणको अडिट अनिवार्य गर्ने निर्णय गरेको हो ।
हाल मन्त्रालयमा यसरी उपकरणको अवस्थाबारे तथ्यांक प्राप्त गर्ने व्यवस्था नै नभएकाले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले चासो देखाएका थिए । उनले अस्पतालहरुका बिग्रिएका उपकरणबारे जानकारी लिएर मर्मतका लागि राष्ट्रिय आविष्कार केन्द्रलाई जिम्मा दिएका थिए ।
त्यसक्रममा कैयौं सामान्य खर्चमै मर्मत गर्न सकिने उपकरण थन्किएको पाइएको थियो । त्यसयता मन्त्रालयले उपकरणको अवस्थाबारे जानकारी प्राप्त गर्नका लागि विवरण प्राप्त गर्न पहल थालेको थियो ।
तीन वर्ष अघि देखि नै प्रयास थालिए पनि मन्त्रालयको निर्णयले अब उपकरण लेखापरीक्षणको ढोका खुलेको हो । अब यस व्यवस्थाले उपकरणको सुरक्षा तथा मर्मत गर्नुपर्ने भए सोसम्बन्धी जानकारी मन्त्रालयले प्राप्त गर्ने र यसले अभिलेख व्यवस्थापनमा पनि सहज हुने मन्त्रालयको गुणस्तर मापन तथा नियन्त्रण महाशाखा प्रमुख डा. सरोज शर्माले बताए । उपकरणको स्थिति पहिचान, मर्मत आवश्यक भए नभएको जानकारी, सुरक्षा तथा स्टक व्यवस्थापन आदिमा यसले सघाउने उनले बताए ।
सामान्य मर्मत गर्न सकिने उपकरण भए पनि अस्पतालहरुले त्यसको मर्मतमा ध्यान नदिंदा नयाँ खरिदमा ठूलो धनराशी खर्च भैरहेको छ । हालै मन्त्रालयले राष्ट्रिय आविष्कार केन्द्रमार्फत गरिएको अध्ययनमा कैयौं सामान्य मर्मत गर्न सकिने उपकरण बिग्रिएर थन्किएको पाइएको थियो ।
-
समाचारको स्रोत खोज्न सञ्चारमाध्यमभित्रै प्रहरीको ज्यादती : पक्राउ पूर्जीबिनै पत्रकार विश्वमणि सुवेदी पक्राउ
-
शिक्षा तथा खेलकुद मन्त्री पोखरेल र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेट
-
तीन दशक दुर्गममा कलम चलाएका मल्ल अझै राज्यको प्राथमिकताबाहिर
-
विवाद समाधान भएसँगै सूर्यविनायक–धुलिखेल सडक अन्तर्गत बनेपा खण्डको काम अघि बढ्यो
-
इनर्जी ड्रिंक्स विवाद: १७ उद्योगलाई लाइसेन्स बाँड्ने, तर सचेतना दिन मिडियाको ‘हल्ला’ कुर्नुपर्ने सरकारी प्रवृत्ति
-
नागढुङ्गा नौबिसे सुरुङमार्ग प्रयोग गर्दै हुनुहुन्छ ? कात्तिक १५ देखि तिर्नुपर्नेछ यस्तो शुल्क
-
अनुदान सुक्दै, ऋणको भार थपिँदै: सरकारको कमजोर कार्यक्षमताले एकैवर्ष गुमायो १ खर्ब ११ अर्बको वैदेशिक सहायता
-
भोलिदेखि देखि भारी वर्षा र हिमपातको चेतावनी
-
युनिस र हुसेनको घातक बलिङसामु निरिह जनकपुर, एनपीएलमा कर्णाली याक्सको सुखद सुरुवात
-
कमलसिंह ऐरीको घातक बलिङमा चितवन राइनोजको रोमाञ्चक जित, विराटनगर ८ रनले पराजित