सिराहा – प्रादेशिक अस्पताल सिराहामा आकस्मिकबाहेक सबै स्वास्थ्य सेवा ठप्प भएको छ । सिराहा नगरपालिका–६ का १२ वर्षीय राजन महराको उपचारका क्रममा आइतबार भएको मृत्यु घटनालाई लिएर उत्पन्न विवादपछि चिकित्सकले शान्ति सुरक्षाको माग गर्दै बहिरङ्ग सेवा (ओपीडी) बन्द गरेका हुन् ।
उपचारका क्रममा बालकको निधन भएपछि पीडित परिवारका सदस्य, आफन्तजन र स्थानीय जनप्रतिनिधिलगायतले अस्पताल परिसरमै हुलहुज्जत, अभद्र व्यवहार तथा गालीगलौज गरेकाले सेवा दिन नसकिएको चिकित्सकले जनाएका छन् ।
आज चिकित्सकहरूद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘अस्पताल जस्तो संवेदनशील स्थानमा दुव्र्यवहार र आक्रमण सहन योग्य छैन । हामी शान्ति सुरक्षा सुनिश्चित गर्न र दोषीमाथि कडा कारबाही गर्न माग गर्दछौँ ।’
मृतक परिवारका सदस्य, आफन्तजन र स्थानीय जनप्रतिनिधिले अस्पतालको लापरबाहीका कारण मृत्यु भएको भन्दै आइतबार अस्पताल अगाडि नाराबाजी गरेका थिए । भीड नियन्त्रण गर्न प्रहरीले दर्जनौँ राउण्ड अश्रुग्यास प्रहार गरेको थियो ।
आइतबार नै सिरहा नगरपालिका—६ का वडाध्यक्ष इन्द्रजित यादवसहितलाई प्रहरी पक्राउ गरेको थियो । उनीहरूको रिहाइको माग गर्दै पीडित परिवारले बालकको शव बुझेको छैन ।
ओपिडी सेवा ठप्प भएपछि जिल्लाका विभिन्न ठाउँबाट आएका बिरामी उपचारबिनै फर्किन बाध्य भएका छन् । चिकित्सक बस्ने कार्यकक्ष पनि बन्द गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले भने घटनाबारे यथार्थ बुझ्ने काम भइरहेको बताए।
-
स्मार्ट’ सहरको अघोषित नाकाबन्दी र सडकबाट एउटी दलित महिलाको प्रश्न ‘सरकार, कोठा खाली छ ?’
-
नेपाल फिनटेक एक्सपो २०२६ अक्टोबर ९ देखि सुरु हुँदै: बैंकिङ, फिनटेक र एआई प्रविधिको तीन दिने बृहत प्रदर्शनी
-
कांग्रेस रूपान्तरणको संकल्पसहित बौद्धिक नेतृ कृष्णकुमारी बस्नेत केन्द्रीय सदस्यको दौडमा
-
मधेशमा शिक्षाको नयाँ युग: दरबार हाइस्कुलजस्तै १०० वटा ‘वर्ल्ड क्लास’ विद्यालय निर्माण गरिने
-
नेपाली क्रिकेटका ९ स्टार खेलाडी ‘टिम एक्सट्रीम’मा आबद्ध, खेलाडीको ब्याटमा लोगो रहने
-
कांग्रेस महाधिवेशनमा चुनावी सरगर्मी : नयाँ नेतृत्वका लागि आज दिउँसोबाट उम्मेदवारीको ढोका खुल्दै
-
आप्रवासी स्रोत केन्द्रका परामर्शकर्तालाई तनाव व्यवस्थापन तालिम
-
सडक अवरुद्धपछि स्यार्फुवेशीका कुकुरहरूलाई ‘टेम्पल डग रेस्क्यु’ र ‘NAWES’ को जीवनदान
-
बालेनको कूटनीतिक सक्रियता : भारतीय र अमेरिकीपछि अस्ट्रेलियाली राजदूतसँग सिंहदरबारमा भेटवार्ता
-
मन्त्री भइसकेकी श्रद्धा श्रेष्ठ पर्यटन बोर्डको सीइओको दौडमा, भन्छिन् “म पद बोकेर निष्क्रिय बस्ने मान्छे होइन”