सिराहा – प्रादेशिक अस्पताल सिराहामा आकस्मिकबाहेक सबै स्वास्थ्य सेवा ठप्प भएको छ । सिराहा नगरपालिका–६ का १२ वर्षीय राजन महराको उपचारका क्रममा आइतबार भएको मृत्यु घटनालाई लिएर उत्पन्न विवादपछि चिकित्सकले शान्ति सुरक्षाको माग गर्दै बहिरङ्ग सेवा (ओपीडी) बन्द गरेका हुन् ।
उपचारका क्रममा बालकको निधन भएपछि पीडित परिवारका सदस्य, आफन्तजन र स्थानीय जनप्रतिनिधिलगायतले अस्पताल परिसरमै हुलहुज्जत, अभद्र व्यवहार तथा गालीगलौज गरेकाले सेवा दिन नसकिएको चिकित्सकले जनाएका छन् ।
आज चिकित्सकहरूद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘अस्पताल जस्तो संवेदनशील स्थानमा दुव्र्यवहार र आक्रमण सहन योग्य छैन । हामी शान्ति सुरक्षा सुनिश्चित गर्न र दोषीमाथि कडा कारबाही गर्न माग गर्दछौँ ।’
मृतक परिवारका सदस्य, आफन्तजन र स्थानीय जनप्रतिनिधिले अस्पतालको लापरबाहीका कारण मृत्यु भएको भन्दै आइतबार अस्पताल अगाडि नाराबाजी गरेका थिए । भीड नियन्त्रण गर्न प्रहरीले दर्जनौँ राउण्ड अश्रुग्यास प्रहार गरेको थियो ।
आइतबार नै सिरहा नगरपालिका—६ का वडाध्यक्ष इन्द्रजित यादवसहितलाई प्रहरी पक्राउ गरेको थियो । उनीहरूको रिहाइको माग गर्दै पीडित परिवारले बालकको शव बुझेको छैन ।
ओपिडी सेवा ठप्प भएपछि जिल्लाका विभिन्न ठाउँबाट आएका बिरामी उपचारबिनै फर्किन बाध्य भएका छन् । चिकित्सक बस्ने कार्यकक्ष पनि बन्द गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले भने घटनाबारे यथार्थ बुझ्ने काम भइरहेको बताए।
-
विवाद समाधान भएसँगै सूर्यविनायक–धुलिखेल सडक अन्तर्गत बनेपा खण्डको काम अघि बढ्यो
-
इनर्जी ड्रिंक्स विवाद: १७ उद्योगलाई लाइसेन्स बाँड्ने, तर सचेतना दिन मिडियाको ‘हल्ला’ कुर्नुपर्ने सरकारी प्रवृत्ति
-
नागढुङ्गा नौबिसे सुरुङमार्ग प्रयोग गर्दै हुनुहुन्छ ? कात्तिक १५ देखि तिर्नुपर्नेछ यस्तो शुल्क
-
अनुदान सुक्दै, ऋणको भार थपिँदै: सरकारको कमजोर कार्यक्षमताले एकैवर्ष गुमायो १ खर्ब ११ अर्बको वैदेशिक सहायता
-
भोलिदेखि देखि भारी वर्षा र हिमपातको चेतावनी
-
युनिस र हुसेनको घातक बलिङसामु निरिह जनकपुर, एनपीएलमा कर्णाली याक्सको सुखद सुरुवात
-
कमलसिंह ऐरीको घातक बलिङमा चितवन राइनोजको रोमाञ्चक जित, विराटनगर ८ रनले पराजित
-
७ हजार अनुसन्धानलाई उछिन्दै पोखराका डा. शंकर बरालको टोलीलाई अमेरिकामा प्रतिष्ठित ‘प्रेसिडेन्सियल अवार्ड’
-
एनपीएलको पहिलो भिडन्तमै साविक विजेता लुम्बिनीको गर्जन : सुदूरपश्चिममाथि ७ विकेटको सानदार जित
-
एनपीएल उद्घाटन खेल: पावर प्लेमै सुदूरपश्चिमले गुमायो ४ विकेट, पहिलोपटक भयो डीआरएसको प्रयोग