फोटो क्याप्सनः नेपाल पत्रकार महासङ्घ मुगु शाखाका अध्यक्ष अच्युतराज भण्डारीले छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख र उपप्रमुखलाई अनुरोधपत्र बुझाउँदै । तस्बिर : हरिकृष्ण ऐडी ।
हरिकृष्ण ऐडी
मुगु ।
नेपाल पत्रकार महासङ्घ शाखा मुगुले छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णुकुमार भामलाई पत्रकार महासङ्घ मुगु शाखाका नवनिर्वाचित कार्यसमितिले महासङ्घको भवन निर्माणका लागि आवश्यक पहल गरिदिन माग गर्दै मंगलवार अनुरोधपत्र बुझाएको हो ।
पत्रकार महासङ्घले बुझाएको अनुरोधपत्र बुझ्दै नगर प्रमुख भामले आर्थिक वर्षबाट कार्यान्वयन हुनेगरी बहुवर्षे योजना बनाएर पत्रकार महासङ्घको भवन निर्माणका लागि बजेटको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरे । छायाँनाथ रारा नगरपालिकाको आर्थिक सहयोगमा र नेपाल पत्रकार महासंघ मुगु शाखाको आयोजनामा आयोजित पत्रकार आचारसंहिता सम्बन्धी तीनदिने तालीममा पत्रकार महासंघ मुगु शाखाका अध्यक्ष अच्युतराज भण्डारीले ज्ञापनपत्र बुझाएका हुन्।
कर्णाली प्रदेशभित्र पर्ने दश जिल्लामध्ये मुगु शाखामा मात्र पत्रकार महासङ्घको भवन नभएकोले छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णु कुमार भाम र उपप्रमुख ऐश्वर्या शाही मल्ललाई बजेट व्यवस्था गरिदिन माग गर्दै अनुरोधपत्र बुझाइएको अध्यक्ष भण्डारीले बताए ।
‘पत्रकार महासङ्घको भवन निर्माण र जग्गा खरीदकालागि आवश्यक पर्ने बजेट व्यावस्थापन गरिदिन माग गरिएको छ, ’उनले भने, ‘ जिल्लामा पत्रकार महासङ्घको भवन नहँदा पत्रकार महाङ्घको कार्यालय भाडामा सञ्चालन गर्न कठिनाई भएको हुँदा पत्रकार महाङ्घ मुगुको कार्यालय अहिले झोलामा रहेको छ। त्यसैले भवन निर्माण र जग्गा खरिदकालागि केही रकम व्यवस्था गरिदिन छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुखलाई अनुरोधपत्र बुझाएका हौँ ।
-
सुक्खा पहिरोले थुनिएको बूढीगण्डकी फुट्दा लेदोसहितको भीषण बाढी, दुईवटा झोलुंगे र एक पक्की पुल बगे
-
दशैँको अवसरमा सेफर्ड कलेजद्वारा असहाय सेवा सदनमा सहयोग
-
स्मार्ट’ सहरको अघोषित नाकाबन्दी र सडकबाट एउटी दलित महिलाको प्रश्न ‘सरकार, कोठा खाली छ ?’
-
नेपाल फिनटेक एक्सपो २०२६ अक्टोबर ९ देखि सुरु हुँदै: बैंकिङ, फिनटेक र एआई प्रविधिको तीन दिने बृहत प्रदर्शनी
-
मधेशमा शिक्षाको नयाँ युग: दरबार हाइस्कुलजस्तै १०० वटा ‘वर्ल्ड क्लास’ विद्यालय निर्माण गरिने
-
नेपाली क्रिकेटका ९ स्टार खेलाडी ‘टिम एक्सट्रीम’मा आबद्ध, खेलाडीको ब्याटमा लोगो रहने
-
कांग्रेस महाधिवेशनमा चुनावी सरगर्मी : नयाँ नेतृत्वका लागि आज दिउँसोबाट उम्मेदवारीको ढोका खुल्दै
-
आप्रवासी स्रोत केन्द्रका परामर्शकर्तालाई तनाव व्यवस्थापन तालिम
-
सडक अवरुद्धपछि स्यार्फुवेशीका कुकुरहरूलाई ‘टेम्पल डग रेस्क्यु’ र ‘NAWES’ को जीवनदान
-
बालेनको कूटनीतिक सक्रियता : भारतीय र अमेरिकीपछि अस्ट्रेलियाली राजदूतसँग सिंहदरबारमा भेटवार्ता