काठमाडौँ – काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलका अनुसार विपद् व्यवस्थापनमा संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय आवश्यक छ। उनका अनुसार नागरिकको जीवन र सम्पत्तिको सुरक्षा सुनिश्चित गर्न खोज, उद्धार, राहत तथा पुनःस्थापनाका प्रत्येक चरणमा जनशक्ति, स्रोत र साधनको एकीकृत प्रयोग हुनुपर्छ।
शुक्रबार रानीपोखरीमा महानगर प्रहरी बल, सशस्त्र प्रहरी बल नेपाल २४ नं. गुल्म हेडक्वाटर र नेपाल प्रहरीले संयुक्तरूपमा आयोजना गरेको मनसुनजन्य विपद् प्रतिकार्य संयुक्त कृतिम अभ्यासको अवलोकनपछि डंगोलले यस्तो धारणा व्यक्त गरेकी हुन्।
उनका अनुसार विपद् अवस्था आएको बेलामा सबैभन्दा पहिला नागरिकको सम्पर्कमा पर्ने तह स्थानीय सरकार हो, त्यसैले स्थानीय तहको तयारी निर्णायक हुने गर्दछ। “महानगरपालिकाले यो दायित्व वहन गर्न नीति, योजना, कार्यक्रम र बजेटमार्फत तयारी गरिरहेको छ,” भन्ने उनको भनाइ छ।
उनको भनाइमा, विपद्को समयमा विभिन्न सुरक्षासंस्थाहरूको भूमिकालाई प्रभावकारी बनाउने खालको अभ्यास आवश्यक छ। यस्तो अभ्यासले विपद् प्रतिकार्य क्षमतामा सुधार ल्याउने विश्वास उनले व्यक्त गरिन्।
कार्यक्रममा बाढी, पहिरो, उद्धार र प्राथमिक उपचारसम्बन्धी विभिन्न अभ्यासहरू प्रस्तुत गरिएका थिए।
-
स्मार्ट’ सहरको अघोषित नाकाबन्दी र सडकबाट एउटी दलित महिलाको प्रश्न ‘सरकार, कोठा खाली छ ?’
-
नेपाल फिनटेक एक्सपो २०२६ अक्टोबर ९ देखि सुरु हुँदै: बैंकिङ, फिनटेक र एआई प्रविधिको तीन दिने बृहत प्रदर्शनी
-
कांग्रेस रूपान्तरणको संकल्पसहित बौद्धिक नेतृ कृष्णकुमारी बस्नेत केन्द्रीय सदस्यको दौडमा
-
मधेशमा शिक्षाको नयाँ युग: दरबार हाइस्कुलजस्तै १०० वटा ‘वर्ल्ड क्लास’ विद्यालय निर्माण गरिने
-
नेपाली क्रिकेटका ९ स्टार खेलाडी ‘टिम एक्सट्रीम’मा आबद्ध, खेलाडीको ब्याटमा लोगो रहने
-
कांग्रेस महाधिवेशनमा चुनावी सरगर्मी : नयाँ नेतृत्वका लागि आज दिउँसोबाट उम्मेदवारीको ढोका खुल्दै
-
आप्रवासी स्रोत केन्द्रका परामर्शकर्तालाई तनाव व्यवस्थापन तालिम
-
सडक अवरुद्धपछि स्यार्फुवेशीका कुकुरहरूलाई ‘टेम्पल डग रेस्क्यु’ र ‘NAWES’ को जीवनदान
-
बालेनको कूटनीतिक सक्रियता : भारतीय र अमेरिकीपछि अस्ट्रेलियाली राजदूतसँग सिंहदरबारमा भेटवार्ता
-
मन्त्री भइसकेकी श्रद्धा श्रेष्ठ पर्यटन बोर्डको सीइओको दौडमा, भन्छिन् “म पद बोकेर निष्क्रिय बस्ने मान्छे होइन”