• आइतबार, २५ असोज २०८३
  • नेप्से सूचक ३० अंकले बढ्दै २६४५ विन्दुमा,४ अर्ब माथिको कारोबार

    नेप्से सूचक ३० अंकले बढ्दै २६४५ विन्दुमा,४ अर्ब माथिको कारोबार

    सबलनेपाल संवाददाता
    चैत्र ११ २०८१, सोमबार

    काठमाडाैं – साताको दोस्रो दिन नेप्से सूचक ३०.५२ अंकले बढेर २ हजार ६४५.२० विन्दुमा आइपुगेको छ । ६ दिनसम्म उच्च अंकले करेक्सन भइरहेको बजारमा यो दिन बजार बढेको हो । लगानीकर्ताहरु यसलाई करेक्सनपछि सुधारको संकेतको रुपमा लिएको बताएका छन् । यो दिन ३२६ कम्पनी कारोबार भएको बजारमा २१० वटा कम्पनी बढेका छन् भने ३३ वटा कम्पनीको शेयर मूल्य घटेको छ । गोर्डेन माइक्रो लाइफ इन्स्योरेन्सको शेयर मूल्य पुन बढेको छ । पोखरा फाइनान्स, बसमृद्धि फाइनान्स कम्पनीको शेयर मूल्य उच्च भएको छ ।

    यो दिन ९७ लाख ३९ हजार कित्ता शेयर किनबेचहुँदा ४ अबए ४८ करोड रुपैयाँको शेयर कारोबरा भएको छ । सर्वाधिक कारोबार हुने कम्पनीमा हिमालयन रिइन्स्योरेन्स कम्पनी, सिइडीबी होडिल्ङ, नेपाल रिइस्योरेन्स कम्पनीको शेयर मूल्य सर्वाधिक बढी कारोबार भएको छ।


    त्यस्तै हेवा खोला, नारायणी डेभलपमेन्ट बैंकको शेयर मूल्य ४ प्रतिशतभन्दा बढीले बढेको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij