काठमाडौं । दैनिक जीवनमा प्रयोग हुने शृङ्गार तथा व्यक्तिगत हेरचाहका सामग्री पनि नेपालले ठूलो परिमाणमा विदेशबाट आयात गर्दै आएको छ। सिन्दूर, नेलपालिसदेखि स्याम्पु र कपालमा लगाउने तेलसम्मका सामग्री आयातमा बर्सेनि करोडौं रुपैयाँ खर्च हुने गरेको छ।
गत आर्थिक वर्षको उपलब्ध विवरणअनुसार नेपालले करिब एक अर्ब २७ करोड रुपैयाँको स्याम्पु र ७० करोड ६५ लाख रुपैयाँको कपालमा लगाउने तेल आयात गरेको थियो।
त्यस्तै, नेलपालिस आयातमा करिब ६ करोड ६५ लाख रुपैयाँ र सिन्दूर आयातमा एक करोड २५ लाख रुपैयाँ खर्च भएको थियो।
चालु आर्थिक वर्षको पहिलो चार महिनामा पनि सिन्दूर, नेलपालिस र कपालको हेरचाहसम्बन्धी सामग्रीको आयात झन्डै ९६ करोड रुपैयाँ पुगेको विवरण सार्वजनिक भएको छ। यद्यपि, उक्त रकमको आधिकारिक पुष्टि हुन बाँकी छ।
दैनिक उपभोगका यस्ता सामग्रीको आयातले स्वदेशी उत्पादनको अवस्था, स्थानीय उद्योगको प्रतिस्पर्धात्मक क्षमता र आयात प्रतिस्थापनको सम्भावनाबारे प्रश्न उठाएको छ।
नेपालमै यस्ता सामग्री उत्पादन गर्ने उद्योगको क्षमता कति छ? स्वदेशी उत्पादनले आन्तरिक बजारको माग कति धान्न सक्छ? यी विषय पनि मुलुकको बढ्दो आयात र व्यापार घाटाको सन्दर्भमा महत्त्वपूर्ण छन्।
फेसबुक प्रतिक्रिया
सम्बन्धित समाचार
नयाँ अपडेट
-
डिजिटल बैंकिङमा ग्लोबल आइएमईको सफलता, भिसाका दुई प्रतिष्ठित अवार्ड प्राप्त
-
एक्स्ट्रीमको विन्टर अफर : क्यान स्क्यान गर्नुहोस्, सुनको क्यान जित्नुहोस्
-
ग्लोबल आइएमईको प्लाटिनम गल्फ प्रतियोगिता हुँदै, होल इन वान गर्नेलाई स्कोडा एसयूभी
-
सिन्दूरदेखि स्याम्पुसम्म विदेशकै भर, कति हुन्छ नेपालमा आयात?
-
हरेक घण्टा पाँच महिला तथा बालिका आफन्तबाटै मारिन्छन् : मिराबल दिदीबहिनीको बलिदानको ६६ वर्षपछि पनि उस्तै प्रश्न
-
स्वादमा नयाँ रोमान्च: ‘एक्सट्रिम’ इनर्जी ड्रिङ्कका ५ नयाँ फ्लेभर बजारमा
-
श्रम निरीक्षणमा ८८ प्रतिशत कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध नभएको खुलासा
-
खेलाउने तयारी, आठै फ्रेन्चाइजसँग खेलकुदमन्त्रीको छलफल
-
शब्द फेरिँदा अपराधी उम्किने बाटो नखुलोस् : सांसद आकृति अवस्थी
-
भारतको १ खर्ब ८४ अर्ब ऋण सुविधा आवश्यकताअनुसार उपयोग गरिने, भारुमै भुक्तानी गर्न सकिने