काठमाडौं । डिजिटल बैंकिङ तथा नवीन वित्तीय सेवा विस्तारमा ग्लोबल आइएमई बैंक लिमिटेडले थप अन्तर्राष्ट्रिय recognition प्राप्त गरेको छ । अन्तर्राष्ट्रिय भुक्तानी सेवा प्रदायक संस्था भिसा इन्टरनेशनलले बैंकलाई दुई प्रतिष्ठित विधामा सम्मान गरेको हो ।
भिसा इन्टरनेशनलद्वारा आयोजित ‘भिसा लिडरसिप कन्क्लेभ’ कार्यक्रममा बैंकले ‘एक्सिलेन्स इन प्रोडक्ट इनोभेसन’ र ‘एक्सिलेन्स इन भ्यालु एडेड सर्भिसेस’ अवार्ड प्राप्त गरेको छ ।
प्रविधिमा आधारित बैंकिङ सेवाको विकास, डिजिटल भुक्तानी प्रणालीको प्रवर्द्धन तथा ग्राहकलाई थप मूल्य अभिवृद्धियुक्त सेवा उपलब्ध गराउन बैंकले गरेको प्रयासको कदरस्वरूप उक्त अवार्ड प्रदान गरिएको हो ।
ग्राहकको बदलिँदो आवश्यकता र अपेक्षालाई ध्यानमा राख्दै बैंकले भिसामा आधारित भुक्तानी सेवा तथा नवीन बैंकिङ समाधानको विकास र विस्तारलाई प्राथमिकता दिँदै आएको छ ।
यसअघि पनि ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित भइसकेको छ । बैंकले सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेस्ट बैंक नेपाल’ को उपाधि हासिल गरेको छ ।
त्यस्तै, ‘बैंक अफ द इयर २०१४’, ‘बेस्ट इन्टरनेट बैंक २०१६’, ‘युरोमनी अवार्ड फर एक्सिलेन्स २०२२, २०२४ र २०२५’, ‘बेस्ट बैंक ईएसजी नेपाल २०२४’ तथा ‘बेस्ट इम्प्लोयर’ लगायतका प्रतिष्ठित पुरस्कारसमेत बैंकले प्राप्त गरिसकेको छ ।
मुलुकका सबै ७७ जिल्लामा बैंकिङ सञ्जाल विस्तार गर्ने निजी क्षेत्रको पहिलो वाणिज्य बैंक ग्लोबल आइएमईले हाल एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ ।
बैंकका ३४१ शाखा, ३६६ एटीएम, १३६ शाखारहित बैंकिङ केन्द्र, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र विदेशमा तीन प्रतिनिधि कार्यालय सञ्चालनमा छन् ।
बैंकले डिजिटल बैंकिङसँगै विप्रेषण सेवाको विस्तारलाई पनि प्राथमिकतामा राखेको छ । अमेरिका, बेलायत, अस्ट्रेलिया, जापान, दक्षिण कोरिया, मलेसिया, साउदी अरब, कतार, युएई र भारतलगायतका मुलुकबाट औपचारिक माध्यममार्फत विप्रेषण भित्र्याउँदै बैंकले राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याउँदै आएको छ ।
-
डिजिटल बैंकिङमा ग्लोबल आइएमईको सफलता, भिसाका दुई प्रतिष्ठित अवार्ड प्राप्त
-
एक्स्ट्रीमको विन्टर अफर : क्यान स्क्यान गर्नुहोस्, सुनको क्यान जित्नुहोस्
-
ग्लोबल आइएमईको प्लाटिनम गल्फ प्रतियोगिता हुँदै, होल इन वान गर्नेलाई स्कोडा एसयूभी
-
सिन्दूरदेखि स्याम्पुसम्म विदेशकै भर, कति हुन्छ नेपालमा आयात?
-
हरेक घण्टा पाँच महिला तथा बालिका आफन्तबाटै मारिन्छन् : मिराबल दिदीबहिनीको बलिदानको ६६ वर्षपछि पनि उस्तै प्रश्न
-
स्वादमा नयाँ रोमान्च: ‘एक्सट्रिम’ इनर्जी ड्रिङ्कका ५ नयाँ फ्लेभर बजारमा
-
श्रम निरीक्षणमा ८८ प्रतिशत कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध नभएको खुलासा
-
खेलाउने तयारी, आठै फ्रेन्चाइजसँग खेलकुदमन्त्रीको छलफल
-
शब्द फेरिँदा अपराधी उम्किने बाटो नखुलोस् : सांसद आकृति अवस्थी
-
भारतको १ खर्ब ८४ अर्ब ऋण सुविधा आवश्यकताअनुसार उपयोग गरिने, भारुमै भुक्तानी गर्न सकिने