• शुक्रबार, १२ मंसिर २०८३
  • एक्स्ट्रीमको विन्टर अफर : क्यान स्क्यान गर्नुहोस्, सुनको क्यान जित्नुहोस्

    एक्स्ट्रीमको विन्टर अफर : क्यान स्क्यान गर्नुहोस्, सुनको क्यान जित्नुहोस्

    सबलनेपाल संवाददाता
    मंसिर ११ २०८३, बिहिबार

    काठमाडौँ । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रीम इनर्जी ड्रिङ्क्सले सुनको क्यान उपहार दिने नयाँ योजना सार्वजनिक गरेको छ । आफ्ना उपभोक्ताका लागि कम्पनीले ‘विन्टर अफर’ नामक विशेष उपहार योजना ल्याएको हो ।

    क्लासिकसहित पाँच फरक स्वादमा बजारमा उपलब्ध एक्स्ट्रीम इनर्जी ड्रिङ्क्सको यो योजनाअन्तर्गत ६ जना भाग्यशाली उपभोक्ताले सुनको क्यान उपहार प्राप्त गर्नेछन् ।

    योजनामा सहभागिताका लागि कम्पनीले डिजिटल प्रक्रियाको व्यवस्था गरेको छ । उपभोक्ताले एक्स्ट्रीम इनर्जी ड्रिङ्क्सको कुनै पनि स्वादमा क्यान खरिद गरी त्यसमा रहेको क्युआर कोड स्क्यान गर्नुपर्नेछ । स्क्यान गरेपछि मागिएको विवरण दर्ता गरेसँगै उपभोक्ता उपहार योजनामा सहभागी हुनेछन् ।

    कम्पनीका अनुसार प्रत्येक महिना राष्ट्रिय टेलिभिजनमार्फत लक्की ड्र आयोजना गरी भाग्यशाली विजेता घोषणा गरिनेछ ।

    पाँच फरक स्वादमा आफ्ना उत्पादन बजारमा उपलब्ध गराएको अवसरमा कम्पनीले यो विशेष अभियान सुरु गरेको हो । नयाँ स्वादको विस्तारसँगै उपभोक्तासँगको सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले उपहार योजना ल्याइएको कम्पनीले जनाएको छ ।

    उपभोक्ताबाट प्राप्त निरन्तर माया र विश्वासप्रति आभार व्यक्त गर्दै सुरु गरिएको यस अभियानमार्फत ६ जना उपभोक्तालाई सुनको क्यान उपहार प्रदान गरिने कम्पनीले जनाएको छ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij