• बुधबार, २१ असोज २०८३
  • कांग्रेस महाधिवेशनमा चुनावी सरगर्मी : नयाँ नेतृत्वका लागि आज दिउँसोबाट उम्मेदवारीको ढोका खुल्दै

    कांग्रेस महाधिवेशनमा चुनावी सरगर्मी : नयाँ नेतृत्वका लागि आज दिउँसोबाट उम्मेदवारीको ढोका खुल्दै

    सबलनेपाल संवाददाता
    असोज २० २०८३, मंगलबार

    काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनले यतिबेला पूरै देशको राजनीतिक माहोल तताएको छ। नयाँ नेतृत्वको पर्खाइमा रहेका कांग्रेस कार्यकर्ता र आम चासोबीच आज (मंगलबार) मनोनयन दर्ताको महत्त्वपूर्ण प्रक्रिया सुरु हुँदैछ।

    केन्द्रीय निर्वाचन समितिले तय गरेको संशोधित तालिकाअनुसार, कांग्रेसको केन्द्रीय नेतृत्वमा पुग्न चाहने नेताहरूले आज दिउँसो १२:३० बजेदेखि बेलुकी ४ बजेसम्म आफ्नो उम्मेदवारी दर्ता गराउन सक्नेछन्।

    यस्तो छ आजको चुनावी कार्यतालिका:

    बिहान ९:३० बजेसम्म : मतदाता नामावलीमा दाबी–विरोध गर्ने समय।

    बिहान ९:३० देखि १०:३० सम्म : परेका दाबी–विरोधमाथि निर्वाचन समितिद्वारा छानबिन तथा जाँचबुझ।

    बिहान ११:३० बजे : मतदान गर्न पाउने प्रतिनिधिहरूको अन्तिम नामावली प्रकाशन।

    दिउँसो १२:३० देखि ४ बजेसम्म : केन्द्रीय कार्यसमितिका विभिन्न पदहरूमा मनोनयन दर्ता।

    समितिका सदस्य सचिव राजु कटुवालका अनुसार उम्मेदवारी दर्ताबाहेक महाधिवेशनका अन्य सम्पूर्ण कार्यक्रमहरू भने यसअघि तोकिएकै तालिका बमोजिम निरन्तर अगाडि बढ्नेछन्।

     


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij