काठमाडौं ।नेपाल शैक्षिक परामर्श संघ (ई-क्यान) का अध्यक्ष लक्ष्मण पौडेलले शैक्षिक परामर्श व्यवसायीहरूले हाल भोग्नुपरिरहेको गम्भीर समस्या र पीडाबारे जानकारी जानकारी दिएका छन्। उनले शैक्षिक परामर्श क्षेत्रमा पछिल्लो समय ‘विद्यार्थीबाट हुने शोषण’ का घटना बढ्दै गएको बताएका छन्। भिसा लाग्नु वा नलाग्नुमा विद्यार्थीको शैक्षिक योग्यता र वित्तीय हैसियत प्रमुख कारण हुने भए पनि, नतिजा आफ्नो पक्षमा नआउँदा कन्सल्टेन्सीलाई दोष लगाउने र मिडियाको त्रास देखाएर दबाब दिने प्रवृत्ति डरलाग्दो रूपमा विकास भइरहेको उनको भनाइ छ।
अध्यक्ष पौडेलले व्यवसायीहरूले भोग्नुपरेको बाध्यता स्पष्ट पार्दै वर्षौंदेखिको इज्जत र प्रतिष्ठालाई जोगाउन आफूहरू निकै कठिन अवस्थामा रहेको बताएका छन्। उनले भनेका छन्, “२० वर्षदेखि इन्डस्ट्रीमा होल्ड बनाएर, इज्जत कमाएर काम गरिरहेका संस्थाहरू एउटा विद्यार्थीले ‘मिडिया र युट्युबर ल्याएर न्युज बनाइदिन्छु’ भनेकै भरमा बाध्य भएर चुप लाग्नुपर्ने अवस्था छ।” उनका अनुसार धेरै व्यवसायीहरू विवादबाट बच्नका लागि मात्र पनि नगरेको गल्ती स्वीकारेर चुप लाग्न बाध्य छन्।
विद्यार्थीका उजुरी सुन्ने संयन्त्र भए पनि व्यवसायीहरूले विद्यार्थीका गलत हर्कतविरुद्ध कहाँ उजुरी गर्ने भन्ने अन्योलमा रहेको उनले बताएका छन्। पौडेलले अब प्रहरी प्रशासनसँग यस विषयमा सहकार्य आवश्यक रहेकोमा जोड दिएका छन्। उनले भनेका छन्, “विद्यार्थीको समस्या सुन्न हामी तयार छौँ, तर व्यवसायीले विद्यार्थीको गलत हर्कत (ब्ल्याकमेलिङ) विरुद्ध कहाँ उजुरी गर्ने? हामी चाहन्छौँ, अब आउने दिनमा प्रहरी समक्ष पनि यस्ता विद्यार्थीविरुद्ध उजुरीको सुनुवाइ होस्।”
अध्यक्ष पौडेलले प्रहरी अनुसन्धानको प्रक्रिया सुरु नहुँदै कन्सल्टेन्सीको नाम मिडियामा आउने गरेकोप्रति कडा आपत्ति जनाएका छन्। उनले एक व्यवसायीको उदाहरण दिँदै भनेका छन्, “मिडियामा नाम आउँदा छिमेकी र आफन्तलाई जवाफ दिनुपर्ने अवस्था सिर्जना भएको छ। तथ्य पुष्टि नभई मिडियामा नाम आउँदा व्यवसायीको मानमर्दन भएको छ।”
अन्तमा, उनले ई-क्यानको अडान दोहोर्याउँदै गलत गर्ने व्यवसायीलाई कारबाही हुनुपर्ने कुरामा आफूहरू सहमत रहेको बताएका छन्। तर, गलत काम नगर्ने व्यवसायीलाई पनि ‘एउटै बास्केट’ मा राखेर अपराधीसरह व्यवहार गर्ने वा तथ्यहीन आधारमा मिडियाबाजी गर्ने कार्य बन्द हुनुपर्नेमा उनले जोड दिएका छन्। परामर्शदाताहरूले अब प्रहरीसँग नजिक रहेर काम गर्ने र गलत गर्ने विद्यार्थी वा संस्था कसैलाई पनि छुट नदिने प्रतिबद्धता जनाएको उनले उल्लेख गरेका छन्। साथै, उनले व्यवसायलाई मर्यादित बनाउन सचेतनाका कार्यक्रममा हातेमालो गर्न तयार रहेको भन्दै मिडियाकर्मीहरूलाई ‘भेरीफाइड’ सूचना मात्र सम्प्रेषण गर्न आग्रह गरेका छन्।
-
विधानले अब सभापति बन्न दिँदैन, पूर्वसभापतिको हैसियतमा महाधिवेशन उद्घाटन गर्नुस् : गगन थापा
-
अव्यावहारिक नियमावली सच्याउन मन्त्रालयसमक्ष इक्यानको अपिल
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि