काठमाडौं। एभरेस्ट एलायन्स नेपालले एभरेस्ट समिटियर्स समिट २०२६ आयोजना गर्ने औपचारिक घोषणा गरेको छ। राजधानीको द सोल्टी काठमाडौंमा आयोजित कार्यक्रममा समिटको घोषणा गर्दै आयोजकले यसपटक ‘दिगो भविष्यका लागि हिमाली नवप्रवर्तन’ भन्ने मूल नाराका साथ कार्यक्रम गर्न लागिएको जानकारी दिएको हो।
अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसर पारेर २०२६ साल जेठ १३ गते (मे २७) काठमाडौँमा आयोजना हुने यस समिटले तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीद्वारा गरिएको सगरमाथाको ऐतिहासिक पहिलो आरोहणको स्मरण गर्नेछ। समिटमा नेपाल तथा विश्वभरका सगरमाथा आरोही, नीति–निर्माता, पर्वतारोहण संस्था, संरक्षण अभियन्ता, पर्यटन व्यवसायी, अनुसन्धानकर्ता तथा अन्तर्राष्ट्रिय साझेदारहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।
आयोजकका अनुसार समिटले पर्वतारोहणको ऐतिहासिक धरोहर, आरोही सुरक्षा, जलवायु परिवर्तन, दिगो तथा हिमाली पर्यटनको भविष्यलगायत विषयमा उच्चस्तरीय संवादको मञ्च प्रदान गर्नेछ। एकदिने समिटमा मुख्य वक्तव्य, विशेषज्ञ प्यानल तथा नीतिगत संवादमार्फत हिमनदी पग्लिने समस्या, फोहोर व्यवस्थापन, आरोहीहरूको समृद्धि, अभियान सुरक्षा र नीतिगत सुधारजस्ता उच्च हिमाली क्षेत्रका ज्वलन्त चुनौतीहरूमा केन्द्रित छलफल हुने जनाइएको छ।
सन् २०२५ मा ‘महान् आरोहीहरूको सम्मान, भविष्यका पुस्तालाई प्रेरणा’ नारासहित सम्पन्न पहिलो एभरेस्ट समिटियर्स समिट नेपालका पर्वतारोहण कार्यक्रमहरूमध्ये एक ऐतिहासिक तथा प्रभावशाली आयोजनाका रूपमा स्थापित भएको थियो। उक्त समिटले विश्वभरका सगरमाथा आरोही, सरकारी प्रतिनिधि, अन्तर्राष्ट्रिय पर्वतारोहण संस्था, संरक्षण विज्ञ, पर्यटन क्षेत्रका सरोकारवाला तथा सञ्चार माध्यमलाई एकै थलोमा ल्याउँदै अर्थपूर्ण नीतिगत छलफल, अन्तर्राष्ट्रिय सहकार्य सुदृढीकरण तथा विश्वव्यापी पर्वतीय संरक्षणमा नेपालको नेतृत्वलाई थप बलियो बनाएको आयोजकको दाबी छ।
एभरेस्ट एलायन्स नेपालले एभरेस्ट समिटियर्स समिट २०२६ लाई केवल स्मरणात्मक कार्यक्रममा सीमित नराखी सगरमाथा आरोहीहरूको सम्मान, प्रत्यक्ष आरोहण अनुभवहरूको संरक्षण, अन्तर्राष्ट्रिय सहकार्यको प्रवर्द्धन तथा नैतिक र समुदाय–केन्द्रित पर्वतीय पर्यटनको विकासलाई केन्द्रमा राखेर अघि बढाउने जनाएको छ। साथै, सगरमाथालाई साझा विश्व सम्पदा मान्दै यसको सामूहिक संरक्षणको आवश्यकता समिटमार्फत पुनः पुष्टि गरिनेछ।
समिटका सत्रहरू सगरमाथा आरोही, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञ र संस्थागत नेतृत्वद्वारा सञ्चालन गरिनेछन्। आयोजकका अनुसार एभरेस्ट समिटियर्स समिट २०२६ मानव सहनशीलता, सहकार्य र प्रकृतिप्रतिको सम्मानको प्रतीकका रूपमा स्थापित हुने विश्वास गरिएको छ।
एभरेस्ट एलायन्स नेपालले सरकारी निकाय, अन्तर्राष्ट्रिय संस्था, पर्वतारोहण महासंघ, शैक्षिक संस्था, प्रायोजक, विश्वव्यापी आरोहण समुदाय तथा सञ्चार माध्यमलाई हिमालयको दिगो भविष्यका लागि समिटलाई विश्वस्तरीय कार्यक्रम बनाउन सहकार्य गर्न आग्रह गरेको छ। साथै, समिटमा सहभागिताका लागि विश्वभरका सगरमाथा आरोही तथा इच्छुक सहभागीहरूका लागि दर्ता प्रक्रिया औपचारिक रूपमा खुला गरिएको जानकारी पनि दिएको छ।
एभरेस्ट एलायन्स नेपाल सगरमाथा आरोही तथा पर्वतीय पेशेवरहरूको राष्ट्रिय सामूहिक मञ्च हो। यस संस्थाले आरोही सुरक्षा, वातावरणीय दिगोपन, नैतिक पर्वतारोहण अभ्यास तथा विश्वव्यापी हिमाली संरक्षणमा नेपालको नेतृत्व सुदृढीकरणका लागि निरन्तर काम गर्दै आएको छ।
-
दशैँको अवसरमा सेफर्ड कलेजद्वारा असहाय सेवा सदनमा सहयोग
-
स्मार्ट’ सहरको अघोषित नाकाबन्दी र सडकबाट एउटी दलित महिलाको प्रश्न ‘सरकार, कोठा खाली छ ?’
-
नेपाल फिनटेक एक्सपो २०२६ अक्टोबर ९ देखि सुरु हुँदै: बैंकिङ, फिनटेक र एआई प्रविधिको तीन दिने बृहत प्रदर्शनी
-
कांग्रेस रूपान्तरणको संकल्पसहित बौद्धिक नेतृ कृष्णकुमारी बस्नेत केन्द्रीय सदस्यको दौडमा
-
मधेशमा शिक्षाको नयाँ युग: दरबार हाइस्कुलजस्तै १०० वटा ‘वर्ल्ड क्लास’ विद्यालय निर्माण गरिने
-
नेपाली क्रिकेटका ९ स्टार खेलाडी ‘टिम एक्सट्रीम’मा आबद्ध, खेलाडीको ब्याटमा लोगो रहने
-
कांग्रेस महाधिवेशनमा चुनावी सरगर्मी : नयाँ नेतृत्वका लागि आज दिउँसोबाट उम्मेदवारीको ढोका खुल्दै
-
आप्रवासी स्रोत केन्द्रका परामर्शकर्तालाई तनाव व्यवस्थापन तालिम
-
सडक अवरुद्धपछि स्यार्फुवेशीका कुकुरहरूलाई ‘टेम्पल डग रेस्क्यु’ र ‘NAWES’ को जीवनदान
-
बालेनको कूटनीतिक सक्रियता : भारतीय र अमेरिकीपछि अस्ट्रेलियाली राजदूतसँग सिंहदरबारमा भेटवार्ता