काठमाडौं -युनिग्लोब कलेज, कामलादीमा आयोजित आठौं युनिग्लोब मोडल युनाइटेड नेशन्स (MUN) २०२५ सफलतापूर्वक सम्पन्न भएको छ। तीन दिनसम्म चलेको यो कार्यक्रममा देशभरका विद्यालय तथा कलेजका ८० भन्दा बढी विद्यार्थी (डेलिगेट) हरूले सहभागिता जनाएका थिए।
सम्मेलनको उद्घाटन समारोहमा मुख्य रूपमा सशस्त्र प्रहरी बलका (आइजिपी)पूर्व महानिरीक्षक शैलेन्द्र खनाल गरेका थिए।
कार्यक्रममा विभिन्न राष्ट्रका प्रतिनिधि बनेर सहभागी विद्यार्थीहरूले अन्तर्राष्ट्रिय राजनीति, अर्थतन्त्र, वातावरण, मानवअधिकार र विश्व शान्ति जस्ता विषयमा छलफल, बहस र नीति प्रस्ताव प्रस्तुत गरे।
k
यस वर्षको MUN का प्रमुख अतिथि पूर्व महानिरीक्षक शैलेन्द्र खनाल ले विद्यार्थीहरूमा नेतृत्व क्षमता र संवादकला विकासमा यस्ता कार्यक्रमले ठूलो योगदान पुर्याउने बताएका थिए। खनालले आयोजन समिति र सहभागीहरूलाई बधाई दिँदै प्रमाणपत्र र ब्याज वितरण गरेका थिए।
कार्यक्रममा युनाइटेड नेशन्सका बिभिन्न निकायहरूको नमूना सत्र सञ्चालन गरिएको थियो, जसमा ECOFIN, DISEC, UNEP, SOCHUM, UNFAO, UNSC, UNWOMEN, UNHRC र UNODC लगायतका कमिटिहरू रहेका थिए।
यी कमिटीहरूमा सहभागी डेलिगेटहरूले जलवायु परिवर्तन, आणविक हतियार नियन्त्रण, मानवअधिकार, महिला सशक्तीकरण, कृषि सुरक्षा, अन्तर्राष्ट्रिय अपराध नियन्त्रण र मध्यपूर्वको स्थायित्वजस्ता विषयमा नीति प्रस्ताव र समाधान खोज्ने प्रयास गरेका थिए।
सेक्रेटरी जनरल ले कार्यक्रममा सम्बोधन गर्दै भने, “MUN केवल बहसको मञ्च होइन, यो नयाँ पुस्तामा वैश्विक नागरिकता, सहकार्य र विवेचनात्मक सोच विकास गर्ने माध्यम हो।”
युनिग्लोब कलेजका प्रिन्सिपल र कार्यक्रम संयोजकहरूले विद्यार्थीहरूको उत्साह र तयारीको प्रशंसा गर्दै आगामी संस्करणलाई अझ अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्ने प्रतिबद्धता जनाएका छन्।
कार्यक्रमको अन्त्यमा “Bollywood Night” मार्फत सहभागीहरूबीच सांस्कृतिक आदान–प्रदान र नेटवर्किङ का अवसरहरू प्रदान गरियो। तीन दिने यो सम्मेलनले सहभागी युवामा नेतृत्व, टीमवर्क र नीति निर्माण क्षमताको अभ्यास गराउने उद्देश्य सफलतापूर्वक पूरा गरेको आयोजकहरूको निष्कर्ष छ।
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि
-
नाइमाद्वारा बाढी प्रभावितका लागि प्रधानमन्त्री उद्धार कोषमा ५० लाख सहयोग
-
त्रिशुली पारीको भूभाग पुनः सडक सञ्जालमा जोडियो, सदरमुकामसँगको पहुँच स्थापित