काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले खेलकुद संस्कृतिको प्रवर्द्धन तथा व्यावसायिक एवं सामाजिक सम्बन्ध विस्तार गर्ने उद्देश्यले ‘ग्लोबल आइएमई प्लाटिनम गल्फ इन्भिटेसनल २०२६’ आयोजना गर्ने भएको छ ।
प्रतियोगिता मंसिर १२ र १३ गते काठमाडौंको थलीस्थित गोकर्ण फरेस्ट रिसोर्टमा सञ्चालन हुनेछ ।
दुई दिनसम्म चल्ने प्रतियोगिताले खेलप्रेमीहरूलाई खेलकुद, प्राकृतिक सौन्दर्य र आपसी सद्भावको विशेष अनुभव प्रदान गर्ने विश्वास बैंकले लिएको छ ।
प्रतियोगिताको मुख्य आकर्षणका रूपमा होल इन वान गर्ने खेलाडीका लागि स्कोडाको आधुनिक एसयूभी कार पुरस्कार राखिएको छ । त्यस्तै, विभिन्न विधाका विजेताहरूलाई चन्द्रागिरि हिल्स तथा डिसहोमका विशेष प्याकेज प्रदान गरिने बैंकले जनाएको छ ।
प्रतियोगिता आयोजनामा आइएमई रेमिट, डिसहोम, चन्द्रागिरि हिल्स, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड, एमएडब्लु तथा बाराहसिंघेको सहकार्य रहेको छ ।
विभिन्न क्षेत्रका खेलप्रेमीहरूलाई एउटै मञ्चमा जोड्दै आपसी सम्बन्ध विस्तार गर्न तथा खेलकुद संस्कृतिको विकासमा योगदान पुर्याउन प्रतियोगिता आयोजना गर्न लागिएको बैंकले जनाएको छ ।
आधुनिक प्रविधिको उच्चतम प्रयोग गर्दै उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्दै आएको ग्लोबल आइएमई बैंकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विभिन्न प्रतिष्ठित पुरस्कार प्राप्त गरिसकेको छ ।
बैंकले ‘बैंक अफ द इयर २०१४’, ‘बेस्ट इन्टरनेट बैंक २०१६’ तथा सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेस्ट बैंक नेपाल’ को उपाधि हासिल गरेको छ । त्यस्तै, युरोमनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, ‘बेस्ट बैंक ईएसजी नेपाल २०२४’ तथा ‘बेस्ट इम्प्लोयर’ लगायतका पुरस्कारबाट समेत बैंक सम्मानित भएको छ ।
मुलुकका सबै ७७ जिल्लामा आफ्नो सञ्जाल विस्तार गर्ने पहिलो निजी क्षेत्रको वाणिज्य बैंकका रूपमा स्थापित ग्लोबल आइएमई बैंकले हाल ३४१ शाखा, ३६६ एटीएम, १३६ शाखारहित बैंकिङ केन्द्र, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र विदेशस्थित तीन प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
बैंकले अमेरिका, बेलायत, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई तथा भारतलगायत विभिन्न मुलुकबाट औपचारिक माध्यममार्फत विप्रेषण भित्र्याउँदै मुलुकको अर्थतन्त्रमा समेत योगदान पुर्याउँदै आएको छ ।
-
गोल्डेन क्यान’ बियर नयाँ आकर्षक प्याकेजिङ र परिष्कृत स्वादमा बजारमा
-
ग्लोबल आइएमईको प्लाटिनम गल्फ प्रतियोगिता हुँदै, होल इन वान गर्नेलाई स्कोडा एसयूभी
-
सिन्दूरदेखि स्याम्पुसम्म विदेशकै भर, कति हुन्छ नेपालमा आयात?
-
हरेक घण्टा पाँच महिला तथा बालिका आफन्तबाटै मारिन्छन् : मिराबल दिदीबहिनीको बलिदानको ६६ वर्षपछि पनि उस्तै प्रश्न
-
स्वादमा नयाँ रोमान्च: ‘एक्सट्रिम’ इनर्जी ड्रिङ्कका ५ नयाँ फ्लेभर बजारमा
-
श्रम निरीक्षणमा ८८ प्रतिशत कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध नभएको खुलासा
-
खेलाउने तयारी, आठै फ्रेन्चाइजसँग खेलकुदमन्त्रीको छलफल
-
शब्द फेरिँदा अपराधी उम्किने बाटो नखुलोस् : सांसद आकृति अवस्थी
-
भारतको १ खर्ब ८४ अर्ब ऋण सुविधा आवश्यकताअनुसार उपयोग गरिने, भारुमै भुक्तानी गर्न सकिने
-
नेपालको पुनर्निर्माण र विकासका लागि भारतद्वारा २ खर्ब ४० अर्ब रुपैयाँ सहयोगको घोषणा