• शुक्रबार, १२ मंसिर २०८३
  • गोल्डेन क्यान’ बियर नयाँ आकर्षक प्याकेजिङ र परिष्कृत स्वादमा बजारमा

    गोल्डेन क्यान’ बियर नयाँ आकर्षक प्याकेजिङ र परिष्कृत स्वादमा बजारमा

    सबलनेपाल संवाददाता
    मंसिर ११ २०८३, बिहिबार
    काठमाडौँ । नेपाली बियर बजारमा छुट्टै पहिचान बनाउन सफल लोकप्रिय ब्रान्ड ‘गोल्डेन क्यान’ (Golden Can) बियर नयाँ आकर्षक प्याकेजिङ र परिष्कृत स्वादका साथ बजारमा आएको छ। उत्पादक कम्पनी हिमालयन ब्रुअरी लिमिटेडले एक प्रेस विज्ञप्ति जारी गर्दै बियरलाई नयाँ स्वरूपमा बजारमा ल्याइएको जानकारी दिएको हो।
    कम्पनीका अनुसार उपभोक्ताको बदलिँदो चाहना र समयको मागलाई ध्यानमा राख्दै बियरको स्वाद र प्याकेजिङमा नवीनता ल्याइएको हो। उच्च गुणस्तरीय कच्चा पदार्थ र आधुनिक प्रविधिको प्रयोग गरी तयार पारिएको यो बियरले उपभोक्ताहरूलाई अझ उत्कृष्ट अनुभव प्रदान गर्ने कम्पनीले विश्वास लिएको छ।
    नयाँ स्वरूपमा आएको गोल्डेन क्यान बियर देशभरका प्रमुख सहर तथा बजारहरूमा उपलब्ध भइसकेको विज्ञप्तिमा उल्लेख छ। आगामी दिनमा पनि उपभोक्ताहरूको सन्तुष्टिलाई सर्वोपरि राख्दै यस्तै गुणस्तरीय उत्पादनहरू बजारमा ल्याउने प्रतिबद्धता कम्पनीले व्यक्त गरेको छ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij