• बिहिबार, २० कार्तिक २०८३
  • आइजिपीमा पुर्नबहालीको माग गर्दै कार्की पुगे सर्वोच्च

    आइजिपीमा पुर्नबहालीको माग गर्दै कार्की पुगे सर्वोच्च

    सबलनेपाल संवाददाता
    कार्तिक २० २०८३, बिहिबार
    काठमाडौँ – नेपाल प्रहरीको महानिरीक्षकमा आफ्नो निरन्तरता हुनुपर्ने माग गर्दै दानबहादुर कार्की सर्वोच्च अदालतमा रिट निवेदन लिएर पुगेका छन्।
    सरकारले बुधबार कार्कीलाई महानिरीक्षक पदबाट हटाएर प्रधानमन्त्री बालेन्द्र शाहको सुरक्षा सल्लाहकार नियुक्त गरेको थियो। कार्कीलाई हटाएर एआइजी मनोज केसीलाई सरकारले आइजिपी नियुक्त गरेपछि त्यसलाई बदर गर्न माग गर्दै कार्की सर्वोच्च अदालत गएका हुन्।
    अदालत स्रोतका अनुसार रिट निवेदन लिएर कार्की अदालत पुगे पनि दर्ता प्रक्रिया सुरु भएको छैन।
    कार्की निकट कानुन व्यवसायीका अनुसार निवेदनमा आफूलाई गैरकानुनी हिसाबले पदमुक्त गरिएको र पदमा पुर्नबहालीको माग गरिएको छ। कार्कीको कार्यकाल अझै १७ महिना बाँकी थियो।
    सरकारले केसीलाई जिम्मेवारी दिएपछि बुधबार नै दर्ज्यानी चिन्ह प्रदान गरेको छ। उनले पदभार समेत ग्रहण गरिसकेका छन्।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij