काठमाडौं – नेपालमा साइबर सुरक्षा शिक्षालाई प्राथमिकता दिंदै दक्ष साइबर सुरक्षा जनशक्ति उत्पादन गर्ने उद्देश्यले द टाइम्स इन्टरनेशनल कलेज र वान कभर प्राइभेट लिमिटेडबीच समझदारी भएको छ ।
सोमबार काठमाडौंमा भएको रणनीतिक साझेदारी पत्र हस्ताक्षरमा प्राविधिक विशेषज्ञतालाई शैक्षिक उत्कृष्टतासँग एकीकृत गर्ने दिशामा एक महत्वपूर्ण कोसेढुङ्गा मानिएको छ ।
नेपाली विद्यार्थीहरूलाई व्यावहारिक, उद्योग सान्दर्भिक सीपहरू प्रदान गर्दै नेपालमा साइबर सुरक्षा समाधान र परामर्शमा अग्रणी वान कभरको प्राविधिक क्षमताको उपयोग गर्दै साइबर सुरक्षाविज्ञ उत्पादन गर्ने लक्ष्य लिइएको छ ।
सो अवसरमा द टाइम्स इन्टरनेशनल कलेजका कार्यकारी अध्यक्ष सुजन अर्यालले उच्च गुणस्तरको प्राविधिक शिक्षा प्रदान गर्ने कलेजको प्रतिबद्धतामा जोड दिए। ‘यो साझेदारी सैद्धान्तिक ज्ञान र विश्वव्यापी प्राविधिक उद्योगको व्यावहारिक मागहरू बीचको पुल हो,’ उनले भने।
वान कभर प्राइभेट लिमिटेडका सीईओ चिरञ्जीवी अधिकारीले सुरक्षा अभ्यासहरूमा प्रारम्भिक एक्सपोजरको महत्त्वमाथि प्रकाश पार्दै साइबर सुरक्षाबारे व्यवहारिक ज्ञान प्रदान गरेर नेपालको डिजिटल पूर्वाधारको भविष्य सुरक्षित गर्ने लक्ष्य लिएको बताए ।
समझदारी पत्र तीन वर्षको प्रारम्भिक कार्यकालका रुपमा अगाडि सारिएको छ । दुवै पक्षले नेपाली सन्दर्भमा एआई संचालित साइबर आक्रमण र डेटा गोपनीयता चुनौतीहरू जस्ता उदीयमान खतराहरूलाई सम्बोधन गर्न संयुक्त अनुसन्धान र विकास परियोजनाहरूमा काम गर्ने प्रतिवद्धता जनाएका छन् ।
-
स्मार्ट’ सहरको अघोषित नाकाबन्दी र सडकबाट एउटी दलित महिलाको प्रश्न ‘सरकार, कोठा खाली छ ?’
-
नेपाल फिनटेक एक्सपो २०२६ अक्टोबर ९ देखि सुरु हुँदै: बैंकिङ, फिनटेक र एआई प्रविधिको तीन दिने बृहत प्रदर्शनी
-
कांग्रेस रूपान्तरणको संकल्पसहित बौद्धिक नेतृ कृष्णकुमारी बस्नेत केन्द्रीय सदस्यको दौडमा
-
मधेशमा शिक्षाको नयाँ युग: दरबार हाइस्कुलजस्तै १०० वटा ‘वर्ल्ड क्लास’ विद्यालय निर्माण गरिने
-
नेपाली क्रिकेटका ९ स्टार खेलाडी ‘टिम एक्सट्रीम’मा आबद्ध, खेलाडीको ब्याटमा लोगो रहने
-
कांग्रेस महाधिवेशनमा चुनावी सरगर्मी : नयाँ नेतृत्वका लागि आज दिउँसोबाट उम्मेदवारीको ढोका खुल्दै
-
आप्रवासी स्रोत केन्द्रका परामर्शकर्तालाई तनाव व्यवस्थापन तालिम
-
सडक अवरुद्धपछि स्यार्फुवेशीका कुकुरहरूलाई ‘टेम्पल डग रेस्क्यु’ र ‘NAWES’ को जीवनदान
-
बालेनको कूटनीतिक सक्रियता : भारतीय र अमेरिकीपछि अस्ट्रेलियाली राजदूतसँग सिंहदरबारमा भेटवार्ता
-
मन्त्री भइसकेकी श्रद्धा श्रेष्ठ पर्यटन बोर्डको सीइओको दौडमा, भन्छिन् “म पद बोकेर निष्क्रिय बस्ने मान्छे होइन”