काठमाडौँ, २२ जेठ ।
काठमाडौं उपत्यकाका काठमाडौं र ललितपुरका झण्डै एक सय स्थानमा भोलि (शनिबार) चार घण्टासम्म विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार जेठ २३ गते शनिबार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् आपूर्ति बन्द हुन लागेको हो।
नेपाल विद्युत् प्राधिकरणको १३२ के.भी. प्रसारण कण्डक्टर अपग्रेडिङ्ग आयोजना मातातीर्थका अनुसार स्युचाटार र टेकु सबस्टेशन अन्तर्गतका ९८ वटा ठाउँमा विद्युत् कटौती हुनेछ। यसबाट कुलेश्वर, कीर्तिपुर, रत्नपार्क र पुल्चोक वितरण केन्द्र अन्तर्गतका क्षेत्रहरू प्रभावित हुनेछन्।
आयोजना व्यवस्थापन निर्देशनालय अन्तर्गत सञ्चालित आयोजनाले १३२ के.भी. स्युचाटार सबस्टेसनमा रहेको ‘बस’ लाई सटडाउनमा राखी मर्मतसम्भार तथा स्तरोन्नतिको काम गर्न लागेकाले विद्युत् आपूर्ति बन्द गर्नुपरेको प्राधिकरणले जनाएको छ।
यो सटडाउन अवधिमा काठमाडौं उपत्यकाभित्रका अन्य सबस्टेशनबाट आपूर्ति हुने वितरण प्रणालीमा समेत आंशिक प्रभाव पर्न सक्नेछ। साथै, मौसम प्रतिकूल भएमा पूर्वनिर्धारित समय तालिकामा हेरफेर हुन सक्ने पनि जानकारी दिइएको छ। निर्धारित समयमै काम सक्ने प्रयास गरिने भन्दै प्राधिकरणले ग्राहकमा पर्न जाने असुविधाप्रति क्षमा मागेको छ।
प्राधिकरणले जारी गरेको सूचना अनुसार कुलेश्वर वितरण केन्द्र अन्तर्गत बाफल, स्वयम्भु, सानो भर्याङ्ग, कलंकी, रविभवन, सोल्टीमोड, छाउनी, टंकेश्वर, डल्लु, बल्खु, कुलेश्वर आवास क्षेत्र, पुरानो नैकाप, सिर्जना चोक, गुर्जुधारा, बलम्बु, सतुङ्गल र बोसीगाउँ लगायतका ५३ स्थानमा बत्ती जानेछ।
त्यस्तै, कीर्तिपुर वितरण केन्द्र अन्तर्गत मैत्रीनगर, ट्याङ्ग्ला फाँट, कीर्तिपुर, सल्यानस्थान, बल्खु, चोभार, भाजङ्गल, आदिनाथ, भूतखेल, टौदह र त्रिभुवन विश्वविद्यालय (त्रि.वि.) परिसर लगायतका ११ स्थान प्रभावित हुनेछन्।
रत्नपार्क वितरण केन्द्र अन्तर्गत न्यूरोड, धरहरा, रंगशाला, सुन्धारा, खिचापोखरी, हनुमानढोका, बसन्तपुर, थापाथली, माइतीघर, सोह्रखुट्टे, टेकु, त्रिपुरेश्वर, कालिमाटी, क्षेत्रपाटी, असन र इन्द्रचोक लगायतका २० स्थानमा विद्युत् आपूर्ति बन्द रहनेछ।
पुल्चोक वितरण केन्द्र अन्तर्गतका १४ स्थानहरू सानेपा, झम्सीखेल, पुल्चोक, हरिहर भवन, नख्खु चोक, बागडोल, धोबिघाट, भैंसेपाटी, कुपण्डोल र बल्खु हेल्थ पोष्ट वरपरका क्षेत्रमा पनि निर्धारित समयसम्म विद्युत् अवरुद्ध हुने प्राधिकरणले जनाएको छ।
-
स्मार्ट’ सहरको अघोषित नाकाबन्दी र सडकबाट एउटी दलित महिलाको प्रश्न ‘सरकार, कोठा खाली छ ?’
-
नेपाल फिनटेक एक्सपो २०२६ अक्टोबर ९ देखि सुरु हुँदै: बैंकिङ, फिनटेक र एआई प्रविधिको तीन दिने बृहत प्रदर्शनी
-
कांग्रेस रूपान्तरणको संकल्पसहित बौद्धिक नेतृ कृष्णकुमारी बस्नेत केन्द्रीय सदस्यको दौडमा
-
मधेशमा शिक्षाको नयाँ युग: दरबार हाइस्कुलजस्तै १०० वटा ‘वर्ल्ड क्लास’ विद्यालय निर्माण गरिने
-
नेपाली क्रिकेटका ९ स्टार खेलाडी ‘टिम एक्सट्रीम’मा आबद्ध, खेलाडीको ब्याटमा लोगो रहने
-
कांग्रेस महाधिवेशनमा चुनावी सरगर्मी : नयाँ नेतृत्वका लागि आज दिउँसोबाट उम्मेदवारीको ढोका खुल्दै
-
आप्रवासी स्रोत केन्द्रका परामर्शकर्तालाई तनाव व्यवस्थापन तालिम
-
सडक अवरुद्धपछि स्यार्फुवेशीका कुकुरहरूलाई ‘टेम्पल डग रेस्क्यु’ र ‘NAWES’ को जीवनदान
-
बालेनको कूटनीतिक सक्रियता : भारतीय र अमेरिकीपछि अस्ट्रेलियाली राजदूतसँग सिंहदरबारमा भेटवार्ता
-
मन्त्री भइसकेकी श्रद्धा श्रेष्ठ पर्यटन बोर्डको सीइओको दौडमा, भन्छिन् “म पद बोकेर निष्क्रिय बस्ने मान्छे होइन”