काठमाडौँ, २२ जेठ ।
काठमाडौं उपत्यकाका काठमाडौं र ललितपुरका झण्डै एक सय स्थानमा भोलि (शनिबार) चार घण्टासम्म विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार जेठ २३ गते शनिबार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् आपूर्ति बन्द हुन लागेको हो।
नेपाल विद्युत् प्राधिकरणको १३२ के.भी. प्रसारण कण्डक्टर अपग्रेडिङ्ग आयोजना मातातीर्थका अनुसार स्युचाटार र टेकु सबस्टेशन अन्तर्गतका ९८ वटा ठाउँमा विद्युत् कटौती हुनेछ। यसबाट कुलेश्वर, कीर्तिपुर, रत्नपार्क र पुल्चोक वितरण केन्द्र अन्तर्गतका क्षेत्रहरू प्रभावित हुनेछन्।
आयोजना व्यवस्थापन निर्देशनालय अन्तर्गत सञ्चालित आयोजनाले १३२ के.भी. स्युचाटार सबस्टेसनमा रहेको ‘बस’ लाई सटडाउनमा राखी मर्मतसम्भार तथा स्तरोन्नतिको काम गर्न लागेकाले विद्युत् आपूर्ति बन्द गर्नुपरेको प्राधिकरणले जनाएको छ।
यो सटडाउन अवधिमा काठमाडौं उपत्यकाभित्रका अन्य सबस्टेशनबाट आपूर्ति हुने वितरण प्रणालीमा समेत आंशिक प्रभाव पर्न सक्नेछ। साथै, मौसम प्रतिकूल भएमा पूर्वनिर्धारित समय तालिकामा हेरफेर हुन सक्ने पनि जानकारी दिइएको छ। निर्धारित समयमै काम सक्ने प्रयास गरिने भन्दै प्राधिकरणले ग्राहकमा पर्न जाने असुविधाप्रति क्षमा मागेको छ।
प्राधिकरणले जारी गरेको सूचना अनुसार कुलेश्वर वितरण केन्द्र अन्तर्गत बाफल, स्वयम्भु, सानो भर्याङ्ग, कलंकी, रविभवन, सोल्टीमोड, छाउनी, टंकेश्वर, डल्लु, बल्खु, कुलेश्वर आवास क्षेत्र, पुरानो नैकाप, सिर्जना चोक, गुर्जुधारा, बलम्बु, सतुङ्गल र बोसीगाउँ लगायतका ५३ स्थानमा बत्ती जानेछ।
त्यस्तै, कीर्तिपुर वितरण केन्द्र अन्तर्गत मैत्रीनगर, ट्याङ्ग्ला फाँट, कीर्तिपुर, सल्यानस्थान, बल्खु, चोभार, भाजङ्गल, आदिनाथ, भूतखेल, टौदह र त्रिभुवन विश्वविद्यालय (त्रि.वि.) परिसर लगायतका ११ स्थान प्रभावित हुनेछन्।
रत्नपार्क वितरण केन्द्र अन्तर्गत न्यूरोड, धरहरा, रंगशाला, सुन्धारा, खिचापोखरी, हनुमानढोका, बसन्तपुर, थापाथली, माइतीघर, सोह्रखुट्टे, टेकु, त्रिपुरेश्वर, कालिमाटी, क्षेत्रपाटी, असन र इन्द्रचोक लगायतका २० स्थानमा विद्युत् आपूर्ति बन्द रहनेछ।
पुल्चोक वितरण केन्द्र अन्तर्गतका १४ स्थानहरू सानेपा, झम्सीखेल, पुल्चोक, हरिहर भवन, नख्खु चोक, बागडोल, धोबिघाट, भैंसेपाटी, कुपण्डोल र बल्खु हेल्थ पोष्ट वरपरका क्षेत्रमा पनि निर्धारित समयसम्म विद्युत् अवरुद्ध हुने प्राधिकरणले जनाएको छ।
-
विवाद समाधान भएसँगै सूर्यविनायक–धुलिखेल सडक अन्तर्गत बनेपा खण्डको काम अघि बढ्यो
-
इनर्जी ड्रिंक्स विवाद: १७ उद्योगलाई लाइसेन्स बाँड्ने, तर सचेतना दिन मिडियाको ‘हल्ला’ कुर्नुपर्ने सरकारी प्रवृत्ति
-
नागढुङ्गा नौबिसे सुरुङमार्ग प्रयोग गर्दै हुनुहुन्छ ? कात्तिक १५ देखि तिर्नुपर्नेछ यस्तो शुल्क
-
अनुदान सुक्दै, ऋणको भार थपिँदै: सरकारको कमजोर कार्यक्षमताले एकैवर्ष गुमायो १ खर्ब ११ अर्बको वैदेशिक सहायता
-
भोलिदेखि देखि भारी वर्षा र हिमपातको चेतावनी
-
युनिस र हुसेनको घातक बलिङसामु निरिह जनकपुर, एनपीएलमा कर्णाली याक्सको सुखद सुरुवात
-
कमलसिंह ऐरीको घातक बलिङमा चितवन राइनोजको रोमाञ्चक जित, विराटनगर ८ रनले पराजित
-
७ हजार अनुसन्धानलाई उछिन्दै पोखराका डा. शंकर बरालको टोलीलाई अमेरिकामा प्रतिष्ठित ‘प्रेसिडेन्सियल अवार्ड’
-
एनपीएलको पहिलो भिडन्तमै साविक विजेता लुम्बिनीको गर्जन : सुदूरपश्चिममाथि ७ विकेटको सानदार जित
-
एनपीएल उद्घाटन खेल: पावर प्लेमै सुदूरपश्चिमले गुमायो ४ विकेट, पहिलोपटक भयो डीआरएसको प्रयोग