काठमाडौं – कमलादीस्थित युनिग्लोब माध्यमिक विद्यालयले विद्यार्थीहरूमा नवप्रवर्तन, सिर्जनशीलता तथा वैज्ञानिक सोचको विकास गर्ने उद्देश्यले दुई दिने विज्ञान प्रदर्शनी आयोजना गर्ने भएको छ । विद्यालयको साइन्स क्लबको आयोजनामा हुने उक्त प्रदर्शनी पुस ३ र ४ गते विद्यालय परिसरमा सञ्चालन हुनेछ ।
प्रदर्शनीमा विभिन्न तहमा अध्ययनरत ७० भन्दा बढी समूहका विद्यार्थीहरूले आफ्ना अनुसन्धान तथा नवप्रवर्तनमा आधारित परियोजनाहरू प्रस्तुत गर्नेछन् । विद्यालयका विज्ञान संकायका निर्देशक डिल्लीराम उप्रेतीका अनुसार प्रदर्शनीमा जीव विज्ञान, रोबोटिक्स तथा व्यावहारिक गणित, भौतिक विज्ञान र रसायन विज्ञान गरी प्रमुख विधाअन्तर्गत परियोजनाहरू प्रदर्शन गरिनेछ ।
अनुसन्धानमुखी सिकाइलाई प्राथमिकता दिइएको यस प्रदर्शनीले विद्यार्थीहरूलाई कक्षाकोठामा हासिल गरेको सैद्धान्तिक ज्ञानलाई व्यवहारमा प्रयोग गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ । यसमार्फत विद्यार्थीहरूको अनुसन्धान क्षमता, समस्या समाधान सीप, विश्लेषणात्मक सोच तथा प्रस्तुतीकरण क्षमताको विकासमा सहयोग पुग्ने विद्यालयको विश्वास छ ।
कार्यक्रमको पहिलो दिन बिहान ६ः३० बजेदेखि परियोजना प्रदर्शनी सुरु हुनेछ । प्रदर्शनीमा अभिभावक, विद्यार्थी, शिक्षक तथा कर्मचारीसहित करिब तीन हजार आगन्तुकको सहभागिता रहने अनुमान गरिएको छ । दोस्रो दिन परियोजनाहरूको औपचारिक प्रस्तुतीकरण गरिनेछ भने बाह्य विज्ञ निर्णायकहरूद्वारा मूल्याङ्कन गरिने जनाइएको छ ।
प्रदर्शनीको समापन विद्यालयको सेमिनार हलमा आयोजना हुने पुरस्कार वितरण तथा सम्मान समारोहसँगै हुनेछ । विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक एन.बी. गुरुङका अनुसार उत्कृष्ट प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने परियोजनाहरूलाई नगद पुरस्कार, प्रमाणपत्र तथा मेडलद्वारा सम्मान गरिनेछ ।
विद्यालयका प्रधानाध्यापक डा. गणेश रेग्मीले यस्ता विज्ञान प्रदर्शनीहरूले विद्यार्थीहरूमा वैज्ञानिक जिज्ञासा, नवप्रवर्तन र सिर्जनशीलता अभिवृद्धि गर्नुका साथै भविष्यमा विज्ञान तथा प्रविधिको क्षेत्रमा करियर निर्माण गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे।
-
समाचारको स्रोत खोज्न सञ्चारमाध्यमभित्रै प्रहरीको ज्यादती : पक्राउ पूर्जीबिनै पत्रकार विश्वमणि सुवेदी पक्राउ
-
शिक्षा तथा खेलकुद मन्त्री पोखरेल र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेट
-
तीन दशक दुर्गममा कलम चलाएका मल्ल अझै राज्यको प्राथमिकताबाहिर
-
विवाद समाधान भएसँगै सूर्यविनायक–धुलिखेल सडक अन्तर्गत बनेपा खण्डको काम अघि बढ्यो
-
इनर्जी ड्रिंक्स विवाद: १७ उद्योगलाई लाइसेन्स बाँड्ने, तर सचेतना दिन मिडियाको ‘हल्ला’ कुर्नुपर्ने सरकारी प्रवृत्ति
-
नागढुङ्गा नौबिसे सुरुङमार्ग प्रयोग गर्दै हुनुहुन्छ ? कात्तिक १५ देखि तिर्नुपर्नेछ यस्तो शुल्क
-
अनुदान सुक्दै, ऋणको भार थपिँदै: सरकारको कमजोर कार्यक्षमताले एकैवर्ष गुमायो १ खर्ब ११ अर्बको वैदेशिक सहायता
-
भोलिदेखि देखि भारी वर्षा र हिमपातको चेतावनी
-
युनिस र हुसेनको घातक बलिङसामु निरिह जनकपुर, एनपीएलमा कर्णाली याक्सको सुखद सुरुवात
-
कमलसिंह ऐरीको घातक बलिङमा चितवन राइनोजको रोमाञ्चक जित, विराटनगर ८ रनले पराजित