काठमाडौं । पूर्वमाओवादी नेता सुदन किराँतीले हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा वरिष्ठ नेताको जिम्मेवारी पाउने भएका छन् । साम्पाङ र किराँतीबीच बिहीबार राति ललितपुरमा भएको सहमति अनुसार एक उपाध्यक्ष, एक सचिव र १५ जना केन्द्रीय सदस्य पाउने गरी किराती आज श्रम संस्कृतिमा प्रवेश गर्न लागेका हुन् । त्यसका लागि आज दिउँसो तीन बजे बागबजारको हार्दिक होटलमा एकता घोषणा कार्यक्रम राखिएको छ ।
किराँती पूर्वपर्यटनमन्त्री हुन् । जेनजी आन्दोलनपछि प्रचण्ड, माधव नेपालसहितका नेताहरुले पार्टी एकता गरेर नेपाल कम्युनिस्ट पार्टी गठन गरेपछि त्यसमा असहमत हुँदै उनी प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) मा लागेका थिए ।
माओवादीका पूर्वउपमहासचिव जनार्दन शर्माको पहलमा खोलिएको प्रलोपामा सुदन किराँती पाँच सदस्यीय अध्यक्ष परिषदको एक सदस्य थिए । २१ फागुनको निर्वाचनपछि भने उनले पार्टी परित्यागको घोषणा गरेका थिए ।
-
समाचारको स्रोत खोज्न सञ्चारमाध्यमभित्रै प्रहरीको ज्यादती : पक्राउ पूर्जीबिनै पत्रकार विश्वमणि सुवेदी पक्राउ
-
शिक्षा तथा खेलकुद मन्त्री पोखरेल र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेट
-
तीन दशक दुर्गममा कलम चलाएका मल्ल अझै राज्यको प्राथमिकताबाहिर
-
विवाद समाधान भएसँगै सूर्यविनायक–धुलिखेल सडक अन्तर्गत बनेपा खण्डको काम अघि बढ्यो
-
इनर्जी ड्रिंक्स विवाद: १७ उद्योगलाई लाइसेन्स बाँड्ने, तर सचेतना दिन मिडियाको ‘हल्ला’ कुर्नुपर्ने सरकारी प्रवृत्ति
-
नागढुङ्गा नौबिसे सुरुङमार्ग प्रयोग गर्दै हुनुहुन्छ ? कात्तिक १५ देखि तिर्नुपर्नेछ यस्तो शुल्क
-
अनुदान सुक्दै, ऋणको भार थपिँदै: सरकारको कमजोर कार्यक्षमताले एकैवर्ष गुमायो १ खर्ब ११ अर्बको वैदेशिक सहायता
-
भोलिदेखि देखि भारी वर्षा र हिमपातको चेतावनी
-
युनिस र हुसेनको घातक बलिङसामु निरिह जनकपुर, एनपीएलमा कर्णाली याक्सको सुखद सुरुवात
-
कमलसिंह ऐरीको घातक बलिङमा चितवन राइनोजको रोमाञ्चक जित, विराटनगर ८ रनले पराजित