• बिहिबार, १ असोज २०८३
  • सुदन किराँतीले हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा वरिष्ठ नेता

    सुदन किराँतीले हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा वरिष्ठ नेता

    सबलनेपाल संवाददाता
    बैशाख २५ २०८३, शुक्रबार

    काठमाडौं । पूर्वमाओवादी नेता सुदन किराँतीले हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा वरिष्ठ नेताको जिम्मेवारी पाउने भएका छन् । साम्पाङ र किराँतीबीच बिहीबार राति ललितपुरमा भएको सहमति अनुसार एक उपाध्यक्ष, एक सचिव र १५ जना केन्द्रीय सदस्य पाउने गरी किराती आज श्रम संस्कृतिमा प्रवेश गर्न लागेका हुन् । त्यसका लागि आज दिउँसो तीन बजे बागबजारको हार्दिक होटलमा एकता घोषणा कार्यक्रम राखिएको छ ।

    किराँती पूर्वपर्यटनमन्त्री हुन् । जेनजी आन्दोलनपछि प्रचण्ड, माधव नेपालसहितका नेताहरुले पार्टी एकता गरेर नेपाल कम्युनिस्ट पार्टी गठन गरेपछि त्यसमा असहमत हुँदै उनी प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) मा लागेका थिए ।

    माओवादीका पूर्वउपमहासचिव जनार्दन शर्माको पहलमा खोलिएको प्रलोपामा सुदन किराँती पाँच सदस्यीय अध्यक्ष परिषदको एक सदस्य थिए । २१ फागुनको निर्वाचनपछि भने उनले पार्टी परित्यागको घोषणा गरेका थिए ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij