काठमाडौँ। नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) का वर्तमान महासचिव दीपकराज भुसालले संघको आगामी निर्वाचनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन्। पुस २८ गते हुन गइरहेको २० औँ वार्षिक साधारण सभा तथा निर्वाचनलाई लक्षित गर्दै उनले औपचारिक रूपमा नेतृत्वको तयारी अघि बढाएको जनाएका छन्।
लामो समयदेखि शैक्षिक परामर्श क्षेत्रमा सक्रिय भुसाल हाल इक्यानका महासचिवको जिम्मेवारीमा छन्। पहिलो कार्यकाल सर्वसम्मत चयनबाट र दोस्रो कार्यकाल निर्वाचनमार्फत करिब छ वर्ष महासचिवको भूमिकामा रहेर उनले संघलाई संगठनात्मक रूपमा मजबुत बनाउने काम गरेको बुझाइ छ।
बागबजारस्थित एनलाइटन इन्टरनेशनल एजुकेसन प्रा.लि. सञ्चालन गर्दै आएका उनी व्यवहारिक परामर्श कक्षबाटै संघीय नेतृत्वसम्म पुगेका व्यक्ति हुन्। विद्यार्थी, अभिभावक र परामर्शदाताको दैनिक यथार्थसँग नजिकबाट जोडिएको अनुभवका आधारमा संघका नीति र निर्णय व्यवहारसँग मेल खाने हुनुपर्नेमा उनी सधैं जोड दिँदै आएका छन्।
महासचिवको भूमिकामा रहँदा भुसालले संघलाई आर्थिक, प्रशासनिक र संस्थागत रूपमा सुदृढ बनाउने प्रयास गरेको बताइन्छ।
भृकुटीमण्डपमा सम्पन्न शैक्षिक मेलाको सफल आयोजना, नीतिगत विषयमा राज्यसँग गरिएको समन्वय तथा कोभिड–१९ महामारीका बेला परामर्श क्षेत्रलाई चलायमान राख्न खेलेको भूमिकालाई उनका प्रमुख उपलब्धिका रूपमा लिइन्छ।
अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णयबारे उनी शैक्षिक परामर्श क्षेत्रलाई आम्दानीको माध्यम मात्र नभई सामाजिक उत्तरदायित्वको क्षेत्रका रूपमा अघि बढाउन चाहेको बताउँछन्। संघलाई पारदर्शी, अनुशासित र सबै सदस्यको साझा घर बनाउने आफ्नो प्रतिबद्धता रहेको पनि उनले जनाएका छन्।
इक्यानको आगामी निर्वाचनलाई संगठनको भावी दिशा निर्धारण गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। यस्तो सन्दर्भमा अनुभव, निरन्तरता र संस्थागत बुझाइ बोकेका भुसाललाई अध्यक्ष पदका बलिया दाबेदारका रूपमा हेरिन थालेको छ।
-
समाचारको स्रोत खोज्न सञ्चारमाध्यमभित्रै प्रहरीको ज्यादती : पक्राउ पूर्जीबिनै पत्रकार विश्वमणि सुवेदी पक्राउ
-
शिक्षा तथा खेलकुद मन्त्री पोखरेल र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेट
-
तीन दशक दुर्गममा कलम चलाएका मल्ल अझै राज्यको प्राथमिकताबाहिर
-
विवाद समाधान भएसँगै सूर्यविनायक–धुलिखेल सडक अन्तर्गत बनेपा खण्डको काम अघि बढ्यो
-
इनर्जी ड्रिंक्स विवाद: १७ उद्योगलाई लाइसेन्स बाँड्ने, तर सचेतना दिन मिडियाको ‘हल्ला’ कुर्नुपर्ने सरकारी प्रवृत्ति
-
नागढुङ्गा नौबिसे सुरुङमार्ग प्रयोग गर्दै हुनुहुन्छ ? कात्तिक १५ देखि तिर्नुपर्नेछ यस्तो शुल्क
-
अनुदान सुक्दै, ऋणको भार थपिँदै: सरकारको कमजोर कार्यक्षमताले एकैवर्ष गुमायो १ खर्ब ११ अर्बको वैदेशिक सहायता
-
भोलिदेखि देखि भारी वर्षा र हिमपातको चेतावनी
-
युनिस र हुसेनको घातक बलिङसामु निरिह जनकपुर, एनपीएलमा कर्णाली याक्सको सुखद सुरुवात
-
कमलसिंह ऐरीको घातक बलिङमा चितवन राइनोजको रोमाञ्चक जित, विराटनगर ८ रनले पराजित