काठमाडौँ। नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) का वर्तमान महासचिव दीपकराज भुसालले संघको आगामी निर्वाचनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन्। पुस २८ गते हुन गइरहेको २० औँ वार्षिक साधारण सभा तथा निर्वाचनलाई लक्षित गर्दै उनले औपचारिक रूपमा नेतृत्वको तयारी अघि बढाएको जनाएका छन्।
लामो समयदेखि शैक्षिक परामर्श क्षेत्रमा सक्रिय भुसाल हाल इक्यानका महासचिवको जिम्मेवारीमा छन्। पहिलो कार्यकाल सर्वसम्मत चयनबाट र दोस्रो कार्यकाल निर्वाचनमार्फत करिब छ वर्ष महासचिवको भूमिकामा रहेर उनले संघलाई संगठनात्मक रूपमा मजबुत बनाउने काम गरेको बुझाइ छ।
बागबजारस्थित एनलाइटन इन्टरनेशनल एजुकेसन प्रा.लि. सञ्चालन गर्दै आएका उनी व्यवहारिक परामर्श कक्षबाटै संघीय नेतृत्वसम्म पुगेका व्यक्ति हुन्। विद्यार्थी, अभिभावक र परामर्शदाताको दैनिक यथार्थसँग नजिकबाट जोडिएको अनुभवका आधारमा संघका नीति र निर्णय व्यवहारसँग मेल खाने हुनुपर्नेमा उनी सधैं जोड दिँदै आएका छन्।
महासचिवको भूमिकामा रहँदा भुसालले संघलाई आर्थिक, प्रशासनिक र संस्थागत रूपमा सुदृढ बनाउने प्रयास गरेको बताइन्छ।
भृकुटीमण्डपमा सम्पन्न शैक्षिक मेलाको सफल आयोजना, नीतिगत विषयमा राज्यसँग गरिएको समन्वय तथा कोभिड–१९ महामारीका बेला परामर्श क्षेत्रलाई चलायमान राख्न खेलेको भूमिकालाई उनका प्रमुख उपलब्धिका रूपमा लिइन्छ।
अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णयबारे उनी शैक्षिक परामर्श क्षेत्रलाई आम्दानीको माध्यम मात्र नभई सामाजिक उत्तरदायित्वको क्षेत्रका रूपमा अघि बढाउन चाहेको बताउँछन्। संघलाई पारदर्शी, अनुशासित र सबै सदस्यको साझा घर बनाउने आफ्नो प्रतिबद्धता रहेको पनि उनले जनाएका छन्।
इक्यानको आगामी निर्वाचनलाई संगठनको भावी दिशा निर्धारण गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। यस्तो सन्दर्भमा अनुभव, निरन्तरता र संस्थागत बुझाइ बोकेका भुसाललाई अध्यक्ष पदका बलिया दाबेदारका रूपमा हेरिन थालेको छ।
-
विधानले अब सभापति बन्न दिँदैन, पूर्वसभापतिको हैसियतमा महाधिवेशन उद्घाटन गर्नुस् : गगन थापा
-
अव्यावहारिक नियमावली सच्याउन मन्त्रालयसमक्ष इक्यानको अपिल
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि