काठमाडौं _नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा सञ्चालन भइरहेका २४ वटा सामाजिक सञ्जाल तथा म्यासेन्जर एप्स बन्द गर्ने निर्णय सार्वजनिक गरेको छ।
भदौ १९ गते जारी सूचनामा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशन र मन्त्रिपरिषद्को निर्णयअनुसार यी एप्सलाई नेपालमा निष्क्रिय गरिने उल्लेख छ। प्राधिकरणले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने उद्देश्यले यस्तो कदम चालिएको जनाएको छ।
बन्द हुने सूचीमा फेसबुक, फेसबुक मेसिन्जर, इन्स्टाग्राम, युट्युब, ट्विटर (X), वाट्सएप, लिंक्डइन, स्न्यापच्याट, रेड्डिट, डिस्कोर्ड, पिन्टरेस्ट, सिग्नल, थ्रेड्स, वीच्याट, क्वोरा, टम्बलर, क्लबहाउस, मास्टोडन, रम्बल, मीवी, VK, लाइन, IMO, जालो, सोल र हम्रो पात्रो परेका छन्।
नेपालमा दैनिक जीवनदेखि व्यवसाय, सञ्चार र सूचनाको पहुँचसम्म सामाजिक सञ्जालको प्रयोग व्यापक छ। यस्तो अवस्थामा एकैपटक २४ प्लेटफर्म बन्द गर्ने तयारीले लाखौं प्रयोगकर्तामा प्रत्यक्ष असर पार्ने अनुमान गरिएको छ। विज्ञहरूले यस कदमलाई अभिव्यक्ति स्वतन्त्रता, डिजिटल अधिकार र अनलाइन व्यवसायका लागि ठूलो चुनौतीको रूपमा व्याख्या गरेका छन्।
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि
-
नाइमाद्वारा बाढी प्रभावितका लागि प्रधानमन्त्री उद्धार कोषमा ५० लाख सहयोग
-
त्रिशुली पारीको भूभाग पुनः सडक सञ्जालमा जोडियो, सदरमुकामसँगको पहुँच स्थापित