काठमाडौं । फिल्म ‘माग्ने राजा’ का लागि नेपालको झण्डासहितका दृश्य आवश्यक भएपछि पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा भएको राजावादी प्रदर्शनका दृश्य क्यामेरामा कैद गरिएको छ।
निर्देशक ऋषि लामिछानेका अनुसार, फिल्मका लागि नेपाल झल्किने दृश्यहरू आवश्यक रहेकाले विमानस्थलदेखि महाराजगञ्जसम्मको यात्रा क्रममा देखिएको नेपाली झण्डाको दृश्यहरूलाई प्राथमिकताका साथ खिचिएको हो। सात क्यामेराम्यान परिचालन गरेर एयरपोर्ट, गौशाला, चाबहिल, गोपीकृष्ण हल हुँदै महाराजगञ्जसम्मको दृश्यहरू खिचिएको उनले जानकारी दिए।

लामिछानेका अनुसार, आयोजकको स्वीकृति लिएर मात्र छायांकन गरिएको हो। “हामीले कुनै पार्टीको झण्डा वा नाराबाजीभन्दा नेपाललाई प्रतिनिधित्व गर्ने झण्डा भएका दृश्यहरू समेट्न खोजेका हौं,” उनले भने। यद्यपि, जुलुसमा देखिएका पोस्टर तथा आवाज भने फिल्ममा समावेश गरिने छैन।
फिल्ममा २ देखि ३ मिनेटसम्म यी दृश्य प्रयोग गरिनेछ। ‘माग्ने राजा’ मा केदार घिमिरे (माग्ने बुढा) शीर्ष भूमिकामा छन् भने वर्षा सिवाकोटी, आर्यन सिग्देल लगायतका कलाकारको अभिनय रहनेछ। दोस्रो चरणको छायांकन केही दिनमै सुरु हुने र तीजसम्म फिल्मको छायांकन सम्पन्न गरिने बताइएको छ।
यसअघि पनि नेपाली फिल्म निर्देशकहरूले विभिन्न प्रदर्शन र अवसरलाई दृश्य कैद गर्न प्रयोग गरेका थिए। तर, ‘माग्ने राजा’ मा नेपालको झण्डा झल्काउने उद्देश्यले पूर्वराजाको स्वागत दृश्य समावेश गरिनु विशेष मानिएको छ।
-
विधानले अब सभापति बन्न दिँदैन, पूर्वसभापतिको हैसियतमा महाधिवेशन उद्घाटन गर्नुस् : गगन थापा
-
अव्यावहारिक नियमावली सच्याउन मन्त्रालयसमक्ष इक्यानको अपिल
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि