काठमाडौं, फाल्गुण २८ – नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघले शैक्षिक परामर्श व्यवसायमा देखिएका चुनौतीहरूबारे प्रहरीसँग विशेष अन्तरक्रिया आयोजना गरेको छ।
कार्यक्रममा प्रमुख अतिथि जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीले शैक्षिक परामर्श व्यवसायको क्षेत्रमा भइरहेका गतिविधि बुझ्ने क्रममा रहेको बताउँदै प्रहरीको भूमिका कानुनी दायराभित्र रहने स्पष्ट पारे। “हामी सबैले कानुन मान्नुपर्छ। यदि नीति नियमहरू अस्पष्ट छन् भने त्यसलाई समाधान खोज्नुपर्ने जिम्मेवारी सबैको हो। म कानुनी रूपमा व्यवसायीहरूका समस्या समाधान गर्न आवश्यक भूमिका खेल्नेछु,” उनले भने। साथै, परामर्श व्यवसायीहरूमाथि पर्ने उजुरी तथा अन्य आरोपहरूको कानुनी दायराभित्र रहेर निस्पक्ष अध्ययन आवश्यक रहेको उनले बताए।
महासंघका अध्यक्ष राजेन्द्र बरालले भने, “यस प्रकारका अन्तरक्रियाले हामीलाई अगाडि बढ्न मार्गदर्शन गर्छ। अहिले उठेका प्रश्नहरूलाई आधार मानेर हामी भोलिको दिनमा सुधार गर्दै जानेछौं। हामी कानुनी दायरामा रहेर व्यवसाय गर्न चाहन्छौं। यदि सुधार गर्नुपर्ने पक्ष छन् भने त्यसलाई सच्याउन तयार छौं। तर, कसैले मन लागेको भरमा व्यवसायीहरूलाई बदनाम गर्ने नियत राख्नु हुँदैन। प्रहरीसँग सहकार्य गर्दै अघि बढ्दा दुवै पक्षलाई सहज हुन्छ।”महासंघका अध्यक्ष बरालले यस्ता अन्तरक्रिया आगामी दिनमा पनि निरन्तर गरिने बताउँदै, “हामीले पाएको फिडब्याकलाई आधार मानेर अघि बढ्छौं। यदि सुधार गर्नुपर्ने पक्ष छन् भने त्यसलाई सच्याउन हामी तयार छौं,” भने।
कार्यक्रममा इक्यानका निवर्तमान अध्यक्ष प्रकाश पाण्डेले शैक्षिक परामर्श व्यवसायको वर्तमान अवस्था, सम्भावना र चुनौतीबारे विस्तृत व्याख्या गरे।
कार्यक्रममा सहभागी हरूले दर्ता नगरी सञ्चालन भएका परामर्श केन्द्र, विद्यार्थीबाट मोटो रकम लिने प्रवृत्ति तथा कतिपय विद्यार्थीहरूलाई अलपत्र पारिएको विषयमा प्रश्न उठाएका थिए ।
उक्त कार्यक्रममा नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का महासचिव दीपकराज भुसालले सञ्चालन गरेका थिए भने अन्तरक्रियाको सहजीकरण इक्यानका अध्यक्ष शेषराज भट्टराईले गरे। अध्यक्ष भट्टराईले व्यवसायीहरू कानुन पालना गर्न तयार रहेको बताउँदै अनावश्यक रूपमा बदनाम गर्ने प्रवृत्ति रोक्नुपर्ने धारणा राखेका थिए।
-
विवाद समाधान भएसँगै सूर्यविनायक–धुलिखेल सडक अन्तर्गत बनेपा खण्डको काम अघि बढ्यो
-
इनर्जी ड्रिंक्स विवाद: १७ उद्योगलाई लाइसेन्स बाँड्ने, तर सचेतना दिन मिडियाको ‘हल्ला’ कुर्नुपर्ने सरकारी प्रवृत्ति
-
नागढुङ्गा नौबिसे सुरुङमार्ग प्रयोग गर्दै हुनुहुन्छ ? कात्तिक १५ देखि तिर्नुपर्नेछ यस्तो शुल्क
-
अनुदान सुक्दै, ऋणको भार थपिँदै: सरकारको कमजोर कार्यक्षमताले एकैवर्ष गुमायो १ खर्ब ११ अर्बको वैदेशिक सहायता
-
भोलिदेखि देखि भारी वर्षा र हिमपातको चेतावनी
-
युनिस र हुसेनको घातक बलिङसामु निरिह जनकपुर, एनपीएलमा कर्णाली याक्सको सुखद सुरुवात
-
कमलसिंह ऐरीको घातक बलिङमा चितवन राइनोजको रोमाञ्चक जित, विराटनगर ८ रनले पराजित
-
७ हजार अनुसन्धानलाई उछिन्दै पोखराका डा. शंकर बरालको टोलीलाई अमेरिकामा प्रतिष्ठित ‘प्रेसिडेन्सियल अवार्ड’
-
एनपीएलको पहिलो भिडन्तमै साविक विजेता लुम्बिनीको गर्जन : सुदूरपश्चिममाथि ७ विकेटको सानदार जित
-
एनपीएल उद्घाटन खेल: पावर प्लेमै सुदूरपश्चिमले गुमायो ४ विकेट, पहिलोपटक भयो डीआरएसको प्रयोग