काठमाडौं, फाल्गुण २८ – नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघले शैक्षिक परामर्श व्यवसायमा देखिएका चुनौतीहरूबारे प्रहरीसँग विशेष अन्तरक्रिया आयोजना गरेको छ।
कार्यक्रममा प्रमुख अतिथि जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीले शैक्षिक परामर्श व्यवसायको क्षेत्रमा भइरहेका गतिविधि बुझ्ने क्रममा रहेको बताउँदै प्रहरीको भूमिका कानुनी दायराभित्र रहने स्पष्ट पारे। “हामी सबैले कानुन मान्नुपर्छ। यदि नीति नियमहरू अस्पष्ट छन् भने त्यसलाई समाधान खोज्नुपर्ने जिम्मेवारी सबैको हो। म कानुनी रूपमा व्यवसायीहरूका समस्या समाधान गर्न आवश्यक भूमिका खेल्नेछु,” उनले भने। साथै, परामर्श व्यवसायीहरूमाथि पर्ने उजुरी तथा अन्य आरोपहरूको कानुनी दायराभित्र रहेर निस्पक्ष अध्ययन आवश्यक रहेको उनले बताए।
महासंघका अध्यक्ष राजेन्द्र बरालले भने, “यस प्रकारका अन्तरक्रियाले हामीलाई अगाडि बढ्न मार्गदर्शन गर्छ। अहिले उठेका प्रश्नहरूलाई आधार मानेर हामी भोलिको दिनमा सुधार गर्दै जानेछौं। हामी कानुनी दायरामा रहेर व्यवसाय गर्न चाहन्छौं। यदि सुधार गर्नुपर्ने पक्ष छन् भने त्यसलाई सच्याउन तयार छौं। तर, कसैले मन लागेको भरमा व्यवसायीहरूलाई बदनाम गर्ने नियत राख्नु हुँदैन। प्रहरीसँग सहकार्य गर्दै अघि बढ्दा दुवै पक्षलाई सहज हुन्छ।”महासंघका अध्यक्ष बरालले यस्ता अन्तरक्रिया आगामी दिनमा पनि निरन्तर गरिने बताउँदै, “हामीले पाएको फिडब्याकलाई आधार मानेर अघि बढ्छौं। यदि सुधार गर्नुपर्ने पक्ष छन् भने त्यसलाई सच्याउन हामी तयार छौं,” भने।
कार्यक्रममा इक्यानका निवर्तमान अध्यक्ष प्रकाश पाण्डेले शैक्षिक परामर्श व्यवसायको वर्तमान अवस्था, सम्भावना र चुनौतीबारे विस्तृत व्याख्या गरे।
कार्यक्रममा सहभागी हरूले दर्ता नगरी सञ्चालन भएका परामर्श केन्द्र, विद्यार्थीबाट मोटो रकम लिने प्रवृत्ति तथा कतिपय विद्यार्थीहरूलाई अलपत्र पारिएको विषयमा प्रश्न उठाएका थिए ।
उक्त कार्यक्रममा नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का महासचिव दीपकराज भुसालले सञ्चालन गरेका थिए भने अन्तरक्रियाको सहजीकरण इक्यानका अध्यक्ष शेषराज भट्टराईले गरे। अध्यक्ष भट्टराईले व्यवसायीहरू कानुन पालना गर्न तयार रहेको बताउँदै अनावश्यक रूपमा बदनाम गर्ने प्रवृत्ति रोक्नुपर्ने धारणा राखेका थिए।
-
स्मार्ट’ सहरको अघोषित नाकाबन्दी र सडकबाट एउटी दलित महिलाको प्रश्न ‘सरकार, कोठा खाली छ ?’
-
नेपाल फिनटेक एक्सपो २०२६ अक्टोबर ९ देखि सुरु हुँदै: बैंकिङ, फिनटेक र एआई प्रविधिको तीन दिने बृहत प्रदर्शनी
-
कांग्रेस रूपान्तरणको संकल्पसहित बौद्धिक नेतृ कृष्णकुमारी बस्नेत केन्द्रीय सदस्यको दौडमा
-
मधेशमा शिक्षाको नयाँ युग: दरबार हाइस्कुलजस्तै १०० वटा ‘वर्ल्ड क्लास’ विद्यालय निर्माण गरिने
-
नेपाली क्रिकेटका ९ स्टार खेलाडी ‘टिम एक्सट्रीम’मा आबद्ध, खेलाडीको ब्याटमा लोगो रहने
-
कांग्रेस महाधिवेशनमा चुनावी सरगर्मी : नयाँ नेतृत्वका लागि आज दिउँसोबाट उम्मेदवारीको ढोका खुल्दै
-
आप्रवासी स्रोत केन्द्रका परामर्शकर्तालाई तनाव व्यवस्थापन तालिम
-
सडक अवरुद्धपछि स्यार्फुवेशीका कुकुरहरूलाई ‘टेम्पल डग रेस्क्यु’ र ‘NAWES’ को जीवनदान
-
बालेनको कूटनीतिक सक्रियता : भारतीय र अमेरिकीपछि अस्ट्रेलियाली राजदूतसँग सिंहदरबारमा भेटवार्ता
-
मन्त्री भइसकेकी श्रद्धा श्रेष्ठ पर्यटन बोर्डको सीइओको दौडमा, भन्छिन् “म पद बोकेर निष्क्रिय बस्ने मान्छे होइन”