प्रजातान्त्रिक प्राध्यापक संघ नेपाल भैरहवामा तिवारी

Image
बुटवल – प्रजातान्त्रिक प्राध्यापक संघ नेपाल भैरहवा बहुमुखी क्याम्पसको अधिवेशनले उपप्राध्यापक पिताम्बर तिवारीको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्य समिति चयन गरेको छ । आइतबार इकाइ समितिको अधिवेशनले आगामी ३ वर्षको लागि कार्य समितिको चयन गरेको हो । समितिको उपाध्यक्षमा उपप्राध्यापक बाबुराम भण्डारी, सचिवमा उपप्राध्यापक डिलाराम पाण्डे र कोषाध्यक्षमा राधा भट्टराईलाई चयन गरिएको छ । समितिको सदस्यमा सहप्राध्यापक दिनेश कुमार मिश्र, उपप्राध्यापक डा.सहदेव भट्ट, उपप्राध्यापक बैकुण्ठराज कोइराला, उपप्राध्यापक कृष्णराज कोहार र निल कमल कसौधन छन् ।
Tags: