बारपाक सुलिकोट गाउँपालिकाको समिक्षा कार्यक्रम सम्पन्न

Image
गोरखा – बारपाक सुलिकोट गाउँपालिकाको आर्थिक वर्ष २०७८÷०७९ को तेस्रो चौमासिक तथा बार्षिक प्रगती समीक्षा कार्यक्रम सम्पन्न भएको छ । आइतबार देखि सुरु भएको कार्यक्रम आज (सोमबार) सम्पन्न भएको हो। गाउँपालिका उपाध्यक्ष सनमाया गुरुङले कार्यक्रममा स्वागत मन्तव्य राखेकी थिइन् ।वडा सचिवहरु, शाखा प्रमुखहरुले तेस्रो चौमासिक तथा बार्षिक प्रगति समिक्षा कार्यक्रम प्रस्तुत गरेका थिए । प्रमुख प्रशासकिय अधिकृत तुलसी राम आचार्यले कर्मचारीलाई उत्प्रेरणा सहितको आफ्नो भनाई राखेका थिए। कार्यक्रमको समीक्षा सहितको गाउँपालिका अध्यक्ष विष्णु प्रसाद भट्टले दुई दिने तेस्रो चौमासिक तथा वार्षिक प्रगति समीक्षा कार्यक्रम समापन गरेका थिए ।
Tags: