बनेपामा खुल्यो गुड हेल्थ केयर सेन्टर

Image
बनेपा – आइतबार , गुड हेल्थ कियर सेन्टर प्रा.ली.बनेपा र सौन्दर्य कला व्यवसायी संघ काभ्रेको संयुक्त तत्वाधानमा आयोजित ‘स्वस्थ स्वास्थ सुन्दर सौन्दर्य’ कार्यक्रम अरनिको पार्टी प्यालेस बनेपामा सम्पन्न भएको छ । गुड हेल्थ केयर सेन्टर प्रा.ली.का अध्यक्ष रामहरि श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य सुर कृष्ण वैद्य , विशिष्ट अतिथिहरूमा सौन्दर्यकला व्यवसायी संघका केन्द्रीय सदस्य लक्ष्मी श्रेष्ठ , टिएमसी ्ग्रुपका सिइओ राजु गोतामे , सोही कम्पनीका मार्केटिङ डाइरेक्टर विष्णु प्रसाद काफ्ले विभिन्न संघ संस्थामा आबद्ध प्रतिनिधिहरू आतिथ्यतामा आसन ग्रहण गरिएको थियो । सौन्दर्यकला व्यवसायी संघ बनेपाका अध्यक्ष सुस्मा प्रधानले स्वागत मन्तव्य राखेकी थिइन्। प्रमुख अतिथि , विशिष्ट अतिथि र अतिथिहरूले कार्यक्रममा शुभकामना मन्तव्यहरू राखेका थिए। टिएमसी ग्रुप सीइओ , कम्पनी मार्केटिङ डाइरेक्टर लगायतले बनेपामा खुल्न लागेको गुड हेल्थ कियर सेन्टर प्रा।ली।बनेपाको जानकारी गराएका थिए । कम्पनीले हालै ब्याक आयल प्याकेज थप नयाँ आकर्षणमा बजारमा ल्याएको जानकारी गराउदै उक्त सामान बजार बिस्तारको लागी कार्यक्रम आयोजना गरिएको बताएको थियो । ब्याक आयलमा विशेष छुट सहितको उपहारहरूको वर्षा रहेको जानकारी मुख्य बजार व्यवस्थापक विष्णु प्रसाद काफ्लेले गराएका थिए । आफ्नो कम्पनी र उत्पादित सामानहरू बजार पुर्‍याउन महिला उद्यमी पार्लर व्यवसायी सौन्दर्यकला व्यवसायी संघको विशेष भुमिका रहने हुदा कम्पनीलाई सहयोग गरी दिन हुन विशेष आग्रह गरेका थिए। प्रमुख अतिथि सुर कृष्ण वैद्यले उद्योग वाणिज्य संगमा आफू रहँदा महिला उद्यमीहरूलाई व्यवसायी क्षेत्रमा लाग्न प्रोत्साहन गरेकोमा अहिले बनेपामा महिला व्यवसायीहरू व्यापार, उद्योग धन्दामा महिलाहरूको उल्लेखनीय अग्रसरता देखिएको बताउँदै कार्यक्रममा महिलाहरूको सहभागिता , उनीहरूको अग्रसरता कार्य प्रगति नेतृत्व अभिबुद्धि भएको देख्दा आफूलाई खुसी लागेको बताए। कार्यक्रममा झन्डै असी जना महिलाहरूको कार्यक्रम सहभागिता भएको थियो । कार्यक्रममा महिलाहरूको उत्साह जनक सहभागिता ू सुन्दर आकर्षण महिलाहरूको शान ‘स्वस्थ र स्वार्थ वर्द्धक गुणस्तरीय सामान’ एमटिसी ग्रुपको पहिचान भन्ने नारा सार्थक भएको सौन्दर्यकला व्यवसायी केन्द्रीय सदस्य लक्ष्मी श्रेष्ठले बताइन्। ब्याक आयल बारे आफू पहिले देखी जानकार रहेको र अहिले थप स्याम्पु समेतको उत्पादन भएको ब्याक आयल बजारमा राम्रो बजार लिन सक्ने आफ्नो अनुभव उनको थियो । आजको कार्यक्रममा एमटिसी ग्रुपको उत्पादित सामानहरूको प्रदर्शन गरिनुको साथै सामानहरूको खरिद र बुकिङमा विशेष छुटको व्यवस्था गरिएको थियो । कार्यक्रमको अन्तमा सभापति रामहरि श्रेष्ठले देशको परिस्थितिमा आफू सक्रिय राजनीतिबाट उद्योग व्यवसायमा हात हालेकोमा प्रमुख अतिथि उद्योग व्यवसायी सुर कृष्ण वैद्य अचम्म परेको बताए । उद्योग वाणिज्य महाँसंघका केन्द्रीय सदस्य वैद्य राजनीतिमा सक्रिय छन्। देशमा जनताहरुले परिवर्तन चाहेका छन् । यो संयोगको बिषय स्मरण गराउँदै शभापती श्रेष्ठले महिला दिदी बहिनीहरू नाचगानमा सरिक भएर आजको साउन पन्ध्रको विशेष खिर परिकारको भोजनको अनुरोध गर्दै कार्यक्रम समापनको घोषणा गरेका थिए ।
Tags: