प्रधान सम्पादक शर्मा ‘नागरिक सम्मान–२०७९’ बाट सम्मानित

Image
काठमाडौं – सबल नेपाल डट कमका प्रधान सम्पादक कविता शर्मा नागरिक सम्मान–२०७९ बाट सम्मानित भएकी छिन् । डिजिटल आइसिटी मिडिया प्रा.लि ले स्थापनाको आठौं वार्षिक उत्सवको अवसर पारेर आइतबार उनलाई नागरिक सम्मान–२०७९ ले सम्मानित गरेको हो । संचारकर्म, मिडियाको शैक्षिक विकासमा योगदान तथा सामाजिक सेवा मार्फत महिला तथा बालबालिकाको क्षेत्रमा योगदान पुराएकोले सम्मान गरेको आयोजकले जनाएको छ । उनलाई वरिष्ठ पत्रकार भैरव रिसालले सम्मान पत्र सहित सम्मान गरेका थिए । दक्षिण एसियामा महिलाको व्यवस्थापनमा संचालित पहिलो एफएम रेडियो रेडियो मुक्तिकी संस्थापक अध्यक्ष शर्मा सेफर्ड कलेज काठमाडौंकी क्याम्पस प्रमुख समेत हुन् । उनी महिला, बालबालिका तथा अपांगता अधिकारको क्षेत्रमा अभियान चलाउँदै आएकी छिन् ।
Tags: