साँगामा आँखा शिविर , रेयुकाई र नगरले मोतीबिन्दु अपरेसन निःशुल्क गर्ने

Image
बनेपा– शनिवार रेयुकाई एईको मासुनागा अस्पताल बनेपाको प्राविधिक सहयोग तथा बनेपा नगर पालिका वडा नं. १૪ साँगाको आयोजनामा जागृति आधारभूत विद्यालय आशापुरीमा एक दिने आँखा शिविर सम्पन्न भएको छ । बनेपा नगर पालिका वडा नं.१૪ का वडा अध्यक्ष टुल्कु लामाका अनुसार शिविरमा जम्मा १६१ जना व्यक्तिहरूले आँखा जँचाएका थिए जसमा ३० जना व्यक्तिहरूमा मोतीबिन्दुको अपरेसन गर्नु पर्ने देखिएको छ । ती अपरेसन गर्नु पर्ने आँखाको मोतीबिन्दु अपरेसन खर्च आधा बनेपा नगर पलिकाले बेहोर्ने र आधा रेयुकाई एई मासु नागाको अस्पतालको सहयोगमा निःशुल्क मोतीबिन्दुको अपरेसन सेवा पाउने अध्यक्ष लामाले बताए।
Tags: