– राष्ट्रिय दुग्ध विकास वोर्ड

१. परिचय

दुग्ध क्षेत्रले नेपाली अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान दिंदै आईरहेको छ । नेपालको कूल ग्रार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान करिब एक तिहाई (३१.६९ प्रतिशत) रहेको छ । कूल ग्रार्हस्थ्य उत्पादनमा धानपछि दुग्ध क्षेत्रको रहेको छ । दूधले घरेलु स्तरमा भोजन र पोषण सुरक्षा कायम गर्न महत्वपूर्ण योगदान पु¥याउंदै आएको छ । यस क्षेत्रले ग्रामीण रोजगार सिर्जना गर्न तथा शहरी क्षेत्रबाट ग्रामीण क्षेत्रमा रकम प्रवाह सुनिश्चित गर्न एवं राष्ट्रिय अर्थतन्त्रको बिकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको पाइन्छ ।

दूध मानव जीवनको लागि अति उत्तम खाद्यपदार्थ हो । बच्चा जन्मे पश्चात आमाले दूध सेवन गराउने सर्व विदित्तै छ । दूधमा चिल्लोपदार्थ, प्रोटिन, कार्वोहाइड्रेड, खनिज पदार्थ र भिटामिन जस्ता शरीरलाई चाहिने अति आवश्यक तत्वहरु पाइने हुनाले दूध एक सम्पूर्ण खाद्य पदार्थ हो ।

नेपालको खाद्य नियमावली अनुसार Standardized Pasteurized (मानक प्रशोधित) दूधमा हुने ३.० प्रतिशत चिल्लो, ४.७ प्रतिशत ल्याक्टोज र ३.५ प्रतिशत प्रोटिनको गणना गर्दा प्रति १०० ग्राम प्रशोधित दूधबाट करिब ६० क्यालोरी शक्ति प्राप्त हुन्छ ।

विश्वमा खीर खाने प्रचलन १४ औं शताव्दीवाट शुरु भएको पाइन्छ । खीर खाने प्रचलनको शुरुवात छिमेकी मुलुक चाईनावाट भएको अनुमान गरीन्छ । हाल खीर विश्वका प्रायजसो मुलुकहरुले विभिन्न नामवाट (भारतको गुजरातमा दूधपाक, वंगालीमा पायस, श्रीलंकार्मा क्रीवाथ) प्रयोग गर्ने गरेको पाईन्छ । खासगरी मध्यपूर्व एशिया, उत्तर अफ्रिका, पश्चिम एशिया, सार्क क्षेत्रमा वढी मात्रामा खीरको प्रयोग हुने गरेको पाईन्छ । यूरोप र अमेरीकामा समेत खीर लाई एक विशिष्ट खानाको रुपमा प्रयोग गरेको पाईन्छ । बिशेषत Indian Sub Continent मा खीर वढी उपभोग गर्ने गरेको पाईन्छ ।

नेपालमा यसको प्रचलन परापूर्व कालदेखी नै गरी आएको पाईन्छ । विशेषत नेपाल कृषि प्रधान देश भएकोले धान रोपाई गर्ने कार्य आषाढ महिना सम्ममा सम्पन्न गरिन्छ । खेती कार्यमा हा्स भएको शक्तीलाई पुनरजागरण प्रदान गर्नको लागि श्रावणमा खीर खाई स्वास्थ्य तथा तन्दुरुस्त वनाउने गरिन्छ । खीर एक स्वस्थ्यकर पौष्टिक खाद्य पदार्थ भएकोले यसवाट मानव शरीरलाई आवश्यक पर्ने सम्पूर्ण पौष्टीक तत्वहरु पनि प्राप्त हुने हुनाले खीर उपयोगी सिद्ध भएको छ । श्रावण १५ गतेको दिन खीर खाने प्रचलन रही आएकोमा बोर्डको मिति २०७७।११।१५ गते वसेको कार्यकारी समितिको १११ औं वैठकले श्रावण १५ लाई खीर खाने दिनको रुपमा (खीर दिवस) मनाउने निर्णय गरेकोले हो । केन्द्रियस्तरमा सरोकारवाला निकायहरु (पशु सेवा विभाग, दुग्ध विकास संस्थान, केन्द्रिय दुग्ध सहकारी संघ लि, नेपाल डेरी एशोशियसन, डेरी उद्योग संघ, केन्द्रिय पशुपन्छी तथा मत्स्य पालन सहकारी संघ लि., नेपाल डेरी साईन्स एशोशिएसन) मिली साउन १५ गते २०७९ खीर दिवस मनाउने भएको छ । यसबाट खीर तयार पार्न प्रयोग हुने दूधको खपतमा समेत वृद्धि हुने विश्वास लिएको छ ।

२. उद्देश्य
– पोषणयुक्त दूध तथा दुग्ध पदार्थको उपभोग बृद्धि गर्न प्रचार प्रसार गर्ने ।
– दूध तथा दुग्ध पदार्थको गुणस्तर कायम गर्न चेतना जागृत गराउने ।
– दूध तथा दुग्ध पदार्थको उपभोगमा सवैको पहुंच पु¥याउन पहल गर्ने ।
– दूध तथा दुग्ध पदार्थको उपभोग मार्फत खाद्य पोषण सुरक्षणमा सुनिश्चित गर्न सहयोग पु¥याउने

३. बनावट
साधारणतया १०० ग्राम खीरमा ९२ क्यालोरी शक्ति प्रदान हुन्छ । खीरको वनावट निम्न अनुसार रहेको पाईन्छ ।

पानी ८८.९ ग्राम
कावोहाईड्रेड १६.४ ग्राम
प्रोटीन ३.३ ग्राम
फ्याट् १.३ ग्राम
फाईवर ०.१ ग्राम

एक जना स्वस्थ व्यक्तिलाई प्रतिदिन २१०८ क्यालोरी शक्तिको आवश्यक पर्छ । दैनिक १०० ग्राम खीरको उपयोग गरीरेमा ९२ क्यालेरी शक्ति प्रदान हुनुका साथै दूध तथा दुग्ध जन्य पदार्थको महत्वको अझ वढी पुष्टी गर्दछ ।

४. दूधको महत्व

दूध प्रोटिन, चिल्लोपदार्थ, ल्याक्टोज, खनिजपदार्थ, भिटामिन तथा पानी मिली बनेको हुन्छ । यी शरीरलाई अति आवश्यक पौष्टिक तत्वहरु हुने भएकोले सो को महत्व निम्न अनुसार रहेको छ ।

– खाद्य पोषणः शरीरिक वृद्धि विकास, दैनिक क्रियाकलाप, मेटावोलिक क्रियाकलाप, उत्पादन एवं प्रजजन क्षमताको विकास गर्न अत्यावश्यक प्रोटिन, ल्याक्टोज, चिल्लो पदार्थ, खनिजपदार्थ तथा भिटामिन पौष्टिक पदार्थ दूधमा पाइन्छ । खाद्य पोषणको अभावमा बाल बालिकाको शारीरिक वृद्धि नहुने, उमेर अनुसारको तौल नपुग्ने, प्रजनन क्षमतामा ह्रसा आउने जस्ता लक्षणहरु देखिन्छन् । ३५ चिल्लो पदार्थ एवं ८५ एस.एन.एफ. भएको १०० ग्राम दूधले करिव ६० क्यालोरी शक्ति प्रदान गर्दछ । जसबाट यो माहामारीसंग जुध्ने शक्ति प्राप्त गर्न मद्दत पुग्दछ ।

– स्वास्थ्य उपचारः उचित खानपानको अभावका कारण शरीरमा प्रायः क्यालसियमको कमी भई हाड कमजोर हुने गरेको पाइएको छ । चिकित्सकहरुले क्यालसियम युक्त औषधिको सेवन गर्ने सिफारीसका साथै नियन्त्रणका लागि नियमित दूधको सेवन गर्ने समेत सल्लाह दिन्छन् ।

– स्वादिष्ट भोजनः शाकाहारीहरुको भोजनमा माछा मासुको ठाउँमा दूधको सेवन उत्तम भोजान मानिएको छ । दूधले पोषण प्रदान गर्नुका साथै चिल्लो पदार्थले खाद्यपदार्थलाई सुगन्धीत एवं वास्नादार बनाउदछ ।

– प्रतिरक्षा प्रणालीको विकासः जिवाणु, विषाणु तथा शरीरलाई हानी गर्ने कारकतत्वको विरुद्ध लड्न शरीरको प्रतिरक्षा प्रणालीले गर्दछ । प्रतिरक्षा प्रणालीले एन्टिजेनको विरुद्ध लड्नुका साथै शरीरलाई रक्षा गर्दछ । दूधको सेवनले रोग विरुद्ध लड्ने शक्ति प्रदान गर्दछ । ऋइख्क्ष्म्(ज्ञढ खष्चगभिलत को नियन्त्रण गर्न दूधको सेवन गर्नु फाइदाकारी हुने पोषणविद लगायत चिकित्सा विज्ञान समेतको एउटै मत रहेको छ ।

– सन्तुलित आहारः नवजात शिशु (६ महीनासम्म) को लागि आमाको दूध एक सन्तुलित, पूर्ण खाद्यपदार्थ हो । निजहरुको शारीरिक वृद्धि विकासमा आमाको दूध पर्याप्त हुन्छ । यस अतिरिक्त हरेक उमेर, तह र तप्काकाहरुलाई दूध एक उत्तम खाद्यपदार्थ हो ।

प्रतिक्रिया

सम्बन्धित खवर