भरतपुर महानगरमा ‘छोरी जीवन बीमा’ कार्यान्वयनमा

Image
चितवन–भरतपुर महानगरपालिकाले छोरी बीमा कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । नयाँ जनप्रतिनिधी आएसँग महानगरपालिकाको पहिलो निर्णयको रुपमा अगाडि सारिएको ‘छोरी जीवन बीमा’ कार्यक्रम कार्यविधी–२०७९ जारी भएर गत असार २९ को नगर कार्यपालिकाको बैठकले पारित गरेसँगै प्रमाणिकरण पश्चात कार्यानवयनमा गएको हो । कार्यविधी अनुसार महानगरको स्थायी बसोवासी भएका अभिभावक जस मार्फत स्वास्थ्य संस्थामा जन्मिएका छोरीहरुलाई १ लाख बराबरको ‘छोरी जीवन बीमा’ गरिने भएको हो । महानगरले बीमाको लागि फारम जारी गर्दै सबै वडा कार्यालय मार्फत रितपूर्वक सिफारिसको सहित महानगरको महिला बालबालिका तथा समाजकल्याण शाखामा पठाउने व्यवस्था मिलाउन अनुरोध गरेको छ ।
Tags: