दुर्गम गाउँ रमुवा पुगी परिचयपत्र नवीकरण

Image
सुरेश छन्त्याल बागलुङ– गलकोट नगरपालिका वडा नं १० पाण्डवखानीको रमुवा गाउँमा पुगि नेपाल सरकारद्धारा संचालित सामाजिक सुरक्षा भत्ता कार्याक्रम अन्तर्गत लाभग्राहीको परिचयपत्र नवीकरण कार्य सम्पन्न गरिएको छ । वडा सदस्य कुमार पुनको सक्रियतामा गलकोट नगरपालिका १० का वडा सचिव ठाकुर तिमिल्सिना, वडा सदस्य अर्चना श्रीस, पशु सेवा केन्द्र पाण्डबखानीका पशु प्राविधिक शिव आचार्य, स्थानीय उदिम घर्ति सहित टोली कार्यक्रममा सहभागी थियो । भुगोलको कारण त्यस क्षेत्रमा फोटो खिच्ने सेवा नभएको हुनाले स्थानीय सुमन काउचाले फोटो खिच्ने व्यवस्था गरेका थिए। सोहि कार्यक्रम अन्तर्गत श्रावण महिना भित्र ६८ वर्ष पुगेकाहरुलाई सामाजिक सुरक्षा भत्ताको व्यवस्था भएको हुनाले शुत्र,बार ७ जना नयाँ दाता दर्ता गरिएको वडा सचिव ठाकुर तिमिल्सिनाले जानकारी दिए । उनले अब यसरी नै वडाबाट पाउने रहेक सेवा सुविधा रमुवानै पुगेर सेवा प्रवाह गर्ने प्रतिवद्धता जनाए। कार्यक्रमबाट रमुवाका सबै लाभग्राहीहरुले सेवा लिएका थिए ।
Tags: