रियलमीको सबैभन्दा शक्तिशाली एन्ट्री लेभल स्मार्टफोन रियलमी सी ३१ नेपालमा

Image
काठमाडौँ – विश्वमै सबैभन्दा चाँडो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्ड रियलमीले अहिले सम्मकै सर्वाधिक शक्तिशाली एन्ट्री लेभल स्मार्टफोन रियलमी सी ३१ लन्च गरेको छ । गत बुधवार ११ गते लन्च गरिएको यस स्मार्टफोनमा ५००० एमएएचको ब्याट्रि रहेको छ जुन स्ट्यान्ड–बाइमा ४५ दिनसम्म टिक्ने कम्पनीका दावी छ । मोवाइलमा १.८ गिगाहर्जको प्रोसेसर रहेको र उत्कृष्ट फोटोग्राफिको लागि १३ एमपिको क्यामरा रहेको कम्पनीले जनाएको छ । मोवाइलको बजार मूल्य १७ हजार ७९९ रुपैँया रहेको जसमा ४ जिबि ¥याम र ६४ जिबि रोम रहेको छ । यो मुल्यमा सबैभन्दा पातलो मोबाइल सेट भएको कम्पनीको दाबी छ । लन्चमा बोल्दै रियलमीका कन्ट्री हेड मुनिश गिरीले यो क्लासकै बेस्ट पर्फर्मिङ स्मार्ट फोनको रुपमा रियलमी सी३१ को लन्च गर्न पाउँदा हामी अत्यन्तै उत्साहित रहेको बताए ।
Tags: