मैलुङ्गमा रेडक्रसको अभिमुखिकरण

Image
गोरखा–नेपाल रेडक्रस सोसाइटी, गोरखा शाखाले विपद् व्यवस्थापन मनोसामाजिक परामर्श तथा आत्महत्या रोकथाम र लैङ्गिक समावेशिकरण सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । शाखाले बिहीबार सहिद लखन गाउँपालिका वडा नं ८ मैलुङ्गमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमको अध्यक्षता नेपाल रेडक्रम सोसाइटी बुंकोटका सभापति इन्द्र ढकालले गरेका थिए भने प्रमुख आतिथ्यता गाउँपालिकाका अध्यक्ष रमेश बाबु थापा मगरले गरेका थिए। साथै कार्यक्रममा विशिष्ट व्यक्तिहरु प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्य , गोरखा नगरपालिका उपप्रमुख, शहिद लखन गाउँपालिका उपाध्यक्ष इन्दिरा तिवारी, रिपुमर्दन गण गोरखाका प्रमुख सेनानी हेमराज विष्ट, जिल्ला प्रहरी कार्यालय, गोरखाका प्रमुख प्रहरी उपरीक्षक केदार खनाल, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन बहादुर आले मगर, राष्ट्रिय अनुशन्धान कार्यालय, गोरखाका प्रमुख सुदिप अधिकारी, शसस्त्र प्रहरी बल गुल्म गोरखाका प्रमुख लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रहरी उपरीक्षकले आत्महत्या न्यूनिकरण र प्रमुख जिल्ला अधिकारीले विपद् र जोखिम रोकथाम तथा न्यूनिकरणमा विशेष पहल गर्नुपर्ने बताए । गाउँपालिकाका अध्यक्ष रमेश थापा मगरले विपद् तथा जोखिम न्यूनिकरणमा रेडक्रसको भूमिकाको प्रंशसा गर्दै धन्यवाद व्यक्त गरे।
Tags: