व्यवसायिक तालिम लिने होइन ?

Image
काठमाडौं– मधेस प्रदेश सामाजिक विकास मन्त्रालय अन्तरगत व्यावसायिक तथा सीप विकास तालिम केन्द्रले विभिन्न व्यवसायिक तालिमको लागि दरखास्त आह्वान गरेको छ । केन्द्रले भदौ महिना देखि सुरु हुने ३ महिने (३९० घण्टे) आधारभूत व्यवसायिक तथा सीपमुलक तालिम संचालन गर्ने तयारी गरेको हो । केन्द्र, सप्तरी, सिराहा, धनुषा, महोत्तरी र सर्लाहीमा गरिने विभिन्न तालिमको लागि इच्छुकले आवेदन दिन सक्नेछन् । सूचना अनुसार इलेक्ट्रोनिक्स (मोवाइल मर्मत समेत, कम्प्युटर (बेसिक), सिलाई कटाई, व्युटिपार्लर र जेनेरल मेकानिक्स तालिम केन्द्रमा तालिम संचालन हुनेछ । त्यस्तै जिल्लाहरुमा सिलाई कटाई, प्युटिपार्लर, विद्युत जडान, वेल्डिङ, मोटरसाइकल मर्मत र प्लम्बिङ तालिम दिइने छ । १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेका इच्छुकले साउन २६ भित्र आवेदन दिनुपर्नेछ । आवेदकको योग्यता इलेक्ट्रोनिक्समा १० पास, कम्प्युटरमा एसएलसी, वेल्डिङमा ५ पास र अन्यमा ८ पास गरेको हुनुपर्ने सूचनामा उल्लेख छ । यस्तो छ सूचना ः
Tags: