१ लाख रुपैयाँ राशिको नेपाली गजल प्रतियोगिता आयोजना

Image
काठमाडौं –अन्तर्राष्ट्रिय युवा दिवस (१२ अगस्ट) को अवसरमा राष्ट्रिय युवा परिषद्को आयोजना तथा अन्तर्राष्ट्रिय नेपाली गजल मञ्च र अनाममण्डलीको सहकार्यमा १ लाख रुपैयाँ राशिको नेपाली गजल प्रतियोगिता आयोजना गरिएको छ । परिषदले जानकारी दिएअनुसार विश्वभर रहेका नेपाली गजल लेखिरहेका स्रष्टाहरू प्रतियोगितामा सहभागी हुन सक्नेछन् । प्रतियोगिताका लागि २० साउनभित्र गजलहरू परिषदले दिएको ईमेल एनवाईसी२०२२२जीमेलडटकम वा परिषदको कार्यालय सानोठिमी, भक्तपुरमा उपलब्ध गराइसक्नुपर्ने जनाइएको छ । २५ साउनमा नेपाल प्रज्ञाप्रतिष्ठानमा आयोजित कार्यक्रममा छनोटमा परेका गजल वाचन गराइने र २७ साउनमा आयोजना गरिने अन्तर्राष्ट्रिय युवा दिवसको कार्यक्रममा विजयीलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । विजयी प्रथम, द्वितीय, तृतीय र सान्त्वनालाई क्रमशः ४० हजार, ३० हजार, २० हजार र १० हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिने परिषदले जानकारी दिएको छ।
Tags: