पाल्पामा एक हजार १३३ जनाको उम्मेदवारी

Image
पाल्पा– आसन्न स्थानीय तह निर्वाचनका लागि पाल्पामा एक हजार १३३ जनाको उम्मेदवारी परेको छ । दुई नगरपालिका र आठ गाउँपालिकाका ८१ वडामा ४२५ पदका लागि उम्मेदवारी परेको हो । जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी कल्पना पौडेलका अनुसार पालिका प्रमुख÷अध्यक्षमा ५१, उपप्रमुख÷उपाध्यक्षमा ३८, वडाध्यक्षमा २४४, महिला सदस्यमा १९७, दलित महिला सदस्यमा १८१ र खुला सदस्यमा ४२२ जनाको उम्मेदवारी परेको छ । स्वतन्त्र उम्मेदवारले पनि मनोनयन दर्ता गराएका छन् । नेकपा ९एमाले०बाट उम्मेदवारी दिएका तीन वडा सदस्य निर्विरोध निर्वाचित भएका छन् । मनोनयन दर्ताका क्रममा एकल उम्मेदवारी परेपछि उनीहरु निर्विरोध निर्वाचित भएका हुन् । पूर्वखोला गाउँपालिका–२ जल्पामा महिला सदस्य उम्मेदवार भिमीसरा आले, वडा नं ५ वीरकोटकी दलित महिला सदस्य उम्मेदवार पार्वती हिताङ्ग सार्की र निस्दी गाउँपालिका–६ अर्चलेका दलित महिला सदस्य उम्मेदवार लालीमाया विक निर्विरोध हुनुभएको हो ।
Tags: