गायक बसन्त लम्सालको “भाँच कम्मर भाँच” बजारमा

Image
काठमाडौं– तीज नजिकिदै गर्दा लोक तथा दोहोरी गायक बसन्त लम्सालले “भाँच कम्मर भाँच” को गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । अर्घाखाँचीको पाणिनी गाउँपालिकापालीमा जन्मेका लम्सालको स्वर , संगीत र लय रहेको उक्त गीतलाई अग्रदरबार फिल्मस् प्रालिको युवटुव च्यानल मार्फत बजारमा ल्याइएको हो । गीतमा गायक लम्साललाई ,सपना गाहा, लक्ष्मी पुन र लालुमाया पुन थापाले स्वरमा साथ दिएका छ्न । भने सरोज पुर्जा सुमन परियार, शेखर घर्ति लगायतका कलाकारहरुले अभिनय रहेको छ ।विश्वास नेपालले एजेन्ज गरेको भिडियोलाई मारुनी स्टुडियोमा सुमन राना र खुमन रानाले रेकडिङ्ग गरेका हुन् । बुटवललाई कर्म थलो बनाएका संचारकर्मी समेत रहेका लम्सालले हाससम्म करिव एक दर्जन तीज गीत बजारमा ल्याएका छन भने ४० भन्दा बढी लोक तथा दोहोरी गीतहरु गाइसकेका छन् । https://youtu.be/pQtd19pRp2k
Tags: