युएईमा आदिवासी महोत्सव

Image
युएई – वैदेशिक रोजगारको शिलाशिलामा युएईमा रहेका आदिबासी जनजातिहरुको साझा संस्था आदिवासी जनजाति महासंघ युएईले २८ औं अन्तराष्ट्रिय विश्व आदिवासी दिवसको अबसरमा आदिवासी महोत्सव (२०२२ु कार्यक्रम गर्ने तयारी गरेका छन् । अगस्ट १४ मा युएईको दुबई शहरस्थित बरदुबईको क्लब एभरेष्टमा नेपाली दूतावास अबुधावीका महामहिम राजदूत कृष्ण प्रसाद ढकालको प्रमुख आतिथ्यमा कार्यक्रम गर्ने तयारी गरेका छन् । उक्त कार्यक्रममा आदिवासी जनजातिहरुको पुरातात्त्विक महत्त्व बोकेका भेषभूषा र कला सांस्कृतिक झाँकी प्रदर्शनका साथै आदिवासी युवाहरूको व्यक्तित्व विकासका लागि मिस्टर एण्ड मिस इन्डेजेनेयस २०२२ प्रतियोगिता समेत राखिने जानकारी आदिवासी जनजाति महासंघ यूएईकि अध्यक्ष बिजय लक्ष्मी राईले दिएकी छिन् । प्रवासी कलाकारहरुको समेत बेजोड प्रस्तुत रहने उक्त कार्यक्रममा एक्सो २०२० मा नेपाल पेवेलियनका आयोजक आई।ई।जी। ग्रुपले एक्सो २०२० अवधीभर विश्व सामु नेपालको मौलिक संस्कृति झल्किने कला प्रदर्शन गर्ने प्रवासी कलाकारहरु र कोभिड महामारीको समय नेपाली समुदायको सेवामा अहोरात्र खटेका स्वयंसेवकहरुलाई सम्मान गर्ने कार्यक्रम समेत रहेका छन् ।
Tags: