विश्व बजारमा पुराउने लक्ष्यका साथ थुलुङ दुधकोशीमा कफी प्रशोधन तयारी

Image
सोलुखुम्बु – थुलुङ दुधकोशी गाउँपालिकामा कफी प्रशोधन हुने भएको छ । इको हिमाल नेपालको समन्वयमा द ग्लासियर ट्रष्ट बेलायत र थुलुङ दुधकोशी गाउँपालिकाको सहकार्यमा कफी प्रशोधन हुने भएको हो । जसको लागि करिब ७० लाख मुल्य बराबरको प्रशोधनका उपकरण खरिद गरिने छ । उपकरण खरिदमा गाउँपालिका र द ग्लासियर ट्रष्टको लगानी हुने छ भने अन्य तालिम लगायतमा इको हिमाल नेपालको भुमिका रहने बताइएको छ । थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राई, इको हिमाल नेपालका कार्यकारी निर्देशक नारायण ढकाल र द ग्लासियर ट्रष्ट बेलायतका प्रमुख रिचार्ड सहितको बैठक बसी निष्कर्षमा पुगेको गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिए । प्रवक्ता कार्कीका अनुसार गाउँपालिका केन्द्र मुक्लीमा बिहीवार नै कफी प्रशोधनका लागि आवश्यक संरचना लगायतको अध्यायन गरिएको छ । थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राई, इको हिमाल नेपालका कार्यकारी निर्देशक नारायण ढकाल र द ग्लासियर ट्रष्ट बेलायतका प्रमुख रिचार्ड सहितले स्थलगत अध्ययन गरेका हुन् । थुलुङको कफी विश्व बजारमा पु¥याइने थुलुङ दुधकोशी गाउँपालिकाले स्थानीय स्तरमा उत्पादित कफीलाई विश्व बजारमा पु¥याउने भएको छ । गाउँपालिका केन्द्र मुक्लीमा प्रशोधन गरि ब्राण्डिङ गर्ने र विश्व बजारमा पु¥याइने गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिए । गाउँपालिकाको देउसा लगायतको क्षेत्रमा उत्पादन भएको कफी विश्वमानै उत्कृष्ट रहेको पाइएको इको हिमाल नेपालका कार्यकारी निर्देशक नारायण ढकालले बताए । परीक्षणको क्रममा अन्य जिल्लाको तुलनामा सोलुखुम्बुको कफी विश्वमा नै उत्कृष्ट रहेको पाइएको उनको भनाइ छ । कफी खरिदका लागि बीऊ पुँजी निर्माण कफी निर्यातमा रोक लगाएको थुलुङ दुधकोशी गाउँपालिकाले कृषकको कफी खरिदका लागि कृषि बनश्रोत केन्द्र देउसालाई जिम्मा दिने भएको छ । यस अघिनै गाउँपालिकामा उत्पादन भएको कफी बाहीर निर्यात गर्न रोक लगाउने पालिका अध्यक्ष स्तरीय निर्णय भएको थियो । सोही निर्णय कार्यान्वयनार्थ बीऊ पुँजीको रुपमा थुलुङ दुधकोशी गाउँपालिकाले रू. ४ लाख र इको हिमाल नेपालले रू. ४ लाख गरि जम्मा रू. ८ लाखको छुट्टै खाता निर्माण जम्मा गर्ने गाउँपालिका प्रवक्ता कार्कीले जानकारी दिए । कफीको वैज्ञानिक मूल्य निर्धारण गरि कृषकबाट खरिद गरि प्रशोधन गर्ने भएपछि कृषकलाई सहज हुने गाउँपालिकाले विश्वास लिएको छ । विगत ५ वर्ष देखि देउसा कृषि बन श्रोत केन्द्रले कफी खरिद गरि निर्यात गर्दै आएको छ । देउसामा संकलन भएको अधिकांश कफी नेपाल अर्गानिक कफी काठमाडांै लाने गरिएको छ । इको हिमाल नेपालको समन्वयमा परीक्षणको लागि बेलायत र जर्मनमा समेत पु¥याएको इको हिमाल नेपालका कार्यकारी निर्देशक नारायण ढकालले बताए । उनले भने, ‘यहाँबाट त्यहाँ पठाइएको कफीको नजिता सबैभन्दा राम्रो आएको छ ।’ भौतिक पूर्वाधारसँगै आर्थिक विकासलाई जोड दिएर पालिकाले काम गरिरहेको गाउँपालिका अध्यक्ष असिम राईले बताए ।
Tags: