दलित उद्यमीलाई मोदी गाउँपालिकाले कृषि सामाग्री दिने

Image
पर्वत – मोदी गाउँपालिकाले पालिका भित्रका दलित कृषकलाई कृषि सामाग्री उपलब्ध गराउने भएको छ । पालिकाले संघीय सरकारको दलित सशक्तिकरण कार्यक्रम अन्तरगत रहेर दलित कृषक तथा उद्यमीलाई आवेदन आह्वान गरेको हो । इच्छुक उद्यमीले साउन १० देखि १५ दिन भित्रमा आवेदन दिन सकिने पालिकाले जनाएको छ । कृषक तथा उद्यमीले प्लास्टिक टनेल पूर्ण अनुदान तर्फ ११३ जनालाई टनेल, १९ जनलाई ८० प्रतिशत अनुदानमा मिनिटिलर, २० जनालाई ८० प्रतिशत अनुदानमा सिलाई मेसिन र ९ जनलाई ८० प्रतिशत अनुदानमै ओभरलक मेसिन उपलब्ध गराउने पालिकको तयारी छ ।
Tags: