बीवाईडीको नयाँ शोरूम कुपण्डोलमा ललितपुर महानगरका मेयर महर्जनले गरे उद्घाटन

Image

काठमाडौं – प्रतिष्ठित विद्युतिय कार बीवाईडीको नयाँ शोरूम ललितपूरको कुपण्डोलमा सञ्चालनमा आएको छ । शोरूम इको ड्राइभ अटोमोबाइलले सञ्चालनमा ल्याएको हो । शोरूमको एक कार्यक्रमकाबीच ललिपूर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले बुधवार उद्घाटन गरेका हुन्। सोअवसरमा मेयर महर्जनले बीवाईडीको शोरूम ललिपुर महानगरभित्र सञ्चालनमा आउनु महानगरको वातावरणमैत्री सवारीसाधन सञ्चालनको अभियानको लागि महत्वपूर्ण रहेको बताए । उनले आफूले पनि विद्युतिय गाडीको प्रयोग गरिरहेको र महानगरका लागि आवश्यक पर्ने साना गाडी विद्युतियमात्र किन्ने निर्णय गरेको बताए । ‘म मेयरको रुपमा आएसँगै इभीनै चढ्दै आएको छु, ठूला गाडी सम्भव नहोला तर साना गाडी महानगरले विद्युतिय नै किन्छ, केही सटल बस खरीद गर्ने योजना छ, ती पनि विद्युतिय नै खरीद गरिनेछ, ’उनले भने । मेयर महर्जनले आफू बीवाईडी चढ्दै आएको भन्दै यसबाट आफू सन्तुष्ट रहेको बताए । ‘म अहिले बिवाईडी चढ्दै आएको छु, म यसबाट घेरै सन्तुष्ट छु, अब अर्को गाडी किन्नुपर्नेछ , प्रतिवद्धता गर्छु म बीवाईडी नै किन्ने छु,’ उनले भने । उनले महानगरले पर्यावरण संरक्षणमा विशेष ध्यान दिएको र विद्युतिय गाडीलाई प्रवद्र्धन गर्न साझा बसमा लगानी गरेको बताए । ‘तपाईहरू महानगरभित्रका रुख विरुवा हेर्नुभयो भने हरिया देख्नुहुन्छ, हामीले बिरुवामा पानी राख्दै आएका छौं, धेरै निजी क्षेत्रको साथ र सहयोगले हामी इकोफ्रेण्ली ललितपुर बनाउन सफल हुन्छौं, ’ उनले भने । नेपालका लागि बीवाईडीको आधिकारिक वितरक रहेको साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले आफूहरू सन् २०१७ देखि नै इकोफ्रेण्ली गाडीको विस्तारका लागि संघर्ष गर्दै आएको बताइन् । ‘यहाँहरू धेरैलाई थाहा छ, हामीले सन् २०१७ देखि नै विद्युतिय गाडी यस्तो हुन्छ भनेर उपभोक्तालाई बुझाउँदै आएका छौं, ’ उनले भनिन्, ‘अब हामी नेपालभरका महत्वपूर्ण शहरमा विस्तार भएका छौं, खरीद, मर्मत देखि चार्जिङसम्मलाई समस्या छैन, अब उपभोक्ता ढुक्क हुँदा हुन्छ ।’ उनले सरकारले केही नीतिगत कुरामा सुधार गरे विद्युतिय गाडी नेपालमा स्थापित हुन समय नलाग्ने बताइन् ।

Tags: