छाँयानाथ राराले गर्यो सार्वजनिक सुनुवाई, वडा तहबाटै गर्न सुझाव

Image

-हरिकृष्ण ऐडी | मुगु – मुगुको छायाँनाथ रारा नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । आर्थिक बर्ष २०८०/८१ को नगरमा भई गरेको कार्यक्रको बुधवार सार्वजनिक सुनुवाई भएको हो । छायाँनाथ रारा नगरपालिकाको आयोजनामा नगरको अर्धवार्षिकमा आयव्यय र हालसम्म सम्पादन भएका प्रगतिका विवरण सरोकारवालासँग सार्वजनिक गरी सम्पन्न भएको हो । सार्वजनिक कार्यक्रमका सहभागी छायाँनाथ रारा नगरपालिका वडा नं.२ का स्थानीय समाजसेवी राजबहादुर शाहीले सार्वजनिक सुनुवाई कार्यक्रम वडा तहहुँदै नगरपालिकामा सार्वजनिक सुनवाई गर्न सुझाव दिए । ‘नगरका १४ वटा वडामा स्थानीय तहको सार्वजनिक सुनुवाइ कार्यविधि र ऐन अनुसार कुनैपनि वडामा सार्वजनिक सुनुवाइ गरेको पाइदैन्, सम्बन्धित वडाका वडाअध्यक्षले सार्वजनिक सुनुवाइको मर्मलाई ध्यानमा राखि नगरका वडा कार्यालयबाट पनि सार्वजनिक सुनुवाई गर्नुपर्यो, ’ उनले भने । उनले सुशासनका लागि नगरपालिकामा मात्र नभएर वडा–वडामा सार्वजनिक सुनुवाई गर्नुपर्ने सुझाव दिए । वडा तहबाट नै सार्वजनिक सुनुवाई गरेमा प्रभावकारी हुने जिल्ला नागरिक समाजका अभियान्ता रुप बहादुर मल्लले बताए । उनले भने, ‘नगरमा सेवाग्राहीलाई छिटोछरितो सेवा दिनका लागि नगर प्रमुख विष्णुकुमार भाम लागिपरेको आम सेवाग्राही बाट सुन्दै आएका छौं, तर नगरका केही वडामा ‘सेवाग्राहीले काम लिनलाइ राजनीतिकरणले काम ढिलोसुस्त भएको सेवाग्राहीबाट गुनासो आइरहन्छ ।’ नगर प्रमुख भाम जस्तै सम्बन्धित वडाका वडाअध्यक्ष सेवाग्राहीलाई राजनीतिकरण नगरी छिटोछरितो सेवा प्रवाहमा लाग्न उनले सुझाव दिए । कार्यक्रममा सहभागीबाट आएका गुनासोलाई प्रमुख प्रशासकीय अधिकृत पशुपति शाहीले जवाफ दिएका थिए । नगरको आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक प्रगति विवरणमा लेखाशाखा, कृषि शाखा, पशुसेवा शाखा,महिला विकास शाखा, रोजगार शाखा, पञ्जीकरण त्यसैगरी न्यायिक शाखा, शाखाका प्रमुखले हालसम्म भएका प्रगति विवरण सरोकारवाला समक्ष सार्वजनिक गरेका थिए ।  

Tags: