गलकोटमा राष्ट्रिय प्रजान्त्र पार्टी प्रवेश तथा चियापान कार्यक्रम सम्पन्न

Image

– सुरेश छन्त्याल | बागलुङ– राष्ट्रियता प्रजातन्त्र उदारवाद भन्ने नाराका साथ गलकोट नगरपालिका ३ हटिया बजारमा राष्ट्रिय प्रजान्त्र पार्टी जिल्ला कार्य समिति बागलुङद्धारा आयोजित पार्टी प्रवेश तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय प्रजान्त्र पार्टी गलकोट नगर अध्यक्ष डमरबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय प्रजान्त्र पार्टी क्षेत्र नम्बर १ का अध्यक्ष लक्ष्मिप्रसाद सापकोटा, महिला संगठनकी अध्यक्ष निर्मला सापकोटा, सहभागीको तर्फबाट वसान्त थापा लगायतले आफ्नो धारणा राखेका थिए । कार्यक्रममा मन्तव्य राख्दै अध्यक्ष सापकोटाले अब प्रत्येक वडा तथा पालिकामा पुगी पार्टीलाइ बलियो र सुदृढ बनाउनका लागि अभियान शुरू गर्ने बताए। कार्यक्रमको अवसरमा केहि सक्रिय युवाले टिका र खाता लगाएर पार्टी प्रवेश गरेका थिए, भने कार्यक्रम संचालन राष्ट्रिय प्रजान्त्र पार्टी जिल्ला सचिव तथा अधिवक्ता विष्णु सापकोटाले संचालन गरेका थिए ।

Tags: