महालक्ष्मी विकास बैंंकको ६.४० प्रतिशत नगद लाभांश पारित

Image
काठमाडौं – महालक्ष्मी विकास बैंक लिमिटेडकोे बाइसौं वार्षिक साधारणसभा शनिवार काठमाडौंमा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०७९÷८० को वार्षिक प्रतिवेदनसहित चुक्ता पूँजीको ६ दशमलव ४० प्रतिशत नगद लाभांश (लाभांशमा लाग्ने कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साधारणसभाले विदेशी बैंक तथा वित्तीय संस्थालाई रणनीतिक साझेदार/लगानीकर्ताको रूपमा भिœयाउने प्रस्ताव पारित गरेको छ । सभाका अध्यक्ष राजेश उपाध्यायले शेयरधनीबाट प्राप्त सल्लाह सुझावलाई शिरोधार्य गर्दै बैंकले ग्राहकको सन्तुष्टि एवं लगानीको उचित प्रतिफल प्रदान गर्न बैंकका क्रियाकलापलाई विशिष्टिकृत गर्दै लैजाने बताए ।
Tags: