दिपेश लम्साल महालक्ष्मी विकास बैंकको कामु सीईओ

Image

काठमाडौं । महालक्ष्मी विकास बैंकको कायमुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)मा दिपेश लम्साल नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको पुस २८ गते बसेको बैठकले वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत लम्साललाई माघ १ गतेदेखि कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो । साथै, सञ्चालक समितिले बैंकका सीईओ बोधराज देवकोटाले दिएको राजीनामा स्वीकृत गरेको छ । अर्को व्यवस्था नभएसम्मका लागि कामु सीईओ जिम्मेवारी लम्साललाई दिइएको कम्पनी सचिव सोमराज पन्तले जानकारी दिए । लम्सालसँग बैंकिङ क्षेत्रको २४ वर्षभन्दा बढी अनुवभ छ । नबिल बैंकमा ८ वर्ष र कुमारी बैंकमा ४ वर्ष काम गरेका उनी महालक्ष्मी बैंकमा भने विगत १२ वर्षदेखि आवद्ध छन् ।

Tags: