ग्लोबल आइएमईका ग्राहकलाई बिगमार्टले ३०० रुपैयाँसम्म छूट दिने

Image
काठमाडौं – ग्लोबल आइएमई बैंक लिमिटेडका क्रेडिट कार्ड बाहकले बिगमार्टमा क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशत छूट पाउने भएका छन् । यस योजनामा ग्राहकले बिगमार्टमा क्रेडिट कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम ३०० रुपैयाँसम्म छूट पाउने बताइएको छ । छूट योजना माघ महिनाभर रहनेछ । जाडो मौसमलाई लक्षित गरी ल्याइएको यो ‘बिगमार्ट विन्टर अफर’मा ग्राहकले छूटसँगै आकर्षक पुरस्कार प्राप्त गर्ने बताइएको छ । यो अफर हाल बिगमार्टका ८१ स्टोरमा उपलब्ध रहेको छ । बैंकले देशका ७७ ओटै जिल्ला तथा तीन अन्तरराष्ट्रिय सम्पर्क, वैदेशिक प्रतिनिधि कार्यालयसहित १ हजार १०० भन्दा बढी सेवा केन्द्रबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
Tags: