प्रकाश वर्षका अवसरमा पशुपतिमा विशेष कार्यक्रम गरिने
काठमाडौं– प्रकाश वर्षकाअवसमा बुधवार पशुपतिनाथको श्री निर्मल अखडा प्राचिन गुरुद्वारामा विशेष कार्यक्रम गरिने भएको छ । सीख पन्थका १० औं गुरु श्री गोविन्द संह जीले खाल्सा पथक गठन गरेको सिखलाई संगठित र जागरुक गरेको स्मृतिमा प्रकाश वर्षको रुपमा मनाउँदै गरिँदै आएको महन्त स्वामी गोकुला नन्दले जानकारी दिए । १७ जनवरीका दिन संसारभरका गुरुद्वारमा प्रकाश वर्ष मनाइदै आइएको छ ।
पशुपतिमा ४०० जनालाई भोजन गराएर यो प्रकाश वर्ष मनाइने कार्यक्रम रहेको भोजन सँगसँगै संगत तथा दिव्यवाणी सुनाउने सिख परम्परामा रहेको स्वामी गोकुलानन्दको भनाइ छ। विशेषगरी नेपालमा सिक्का छ वटा अखाडा रहेको र ती अखडामा भोलि विभिन्न कार्यक्रम गरिने उनको भनाइ छ । विश्वका सिपको पवित्र भूमिको रुपमा पशुपतिलाई लिने उनले जानकारी दिए गुरु नानक पशुपतिमा आएर तपस्या गरेको र पशुपतिमा बस्दा पुष्प वर्ष भएको उनको कथन छ ।
गुरु नामक ४५० वर्ष अगाडि नेपालमा आएको महन्त स्वामीको गोकुलानन्दको भनाइ छ ।
श्री गुरु नानक देवज्यू सीख धर्मका प्रथम गुरु हुन्। उनी सिख पन्थका संस्थापक पनि हुन्। ‘गुरु नानकले सामाजिक र धार्मिक सुधारका लागि अत्यन्त नयाँ दृष्टिकोणलाई प्रोत्साहित गर्नुभयो उहाँद्वारा स्थापित गरिएको सीख धर्मको मौलिक सिद्धान्तमा एकता समानता र मानवताको महत्त्वपूर्ण कुराहरूको समावेश छ,’ महन्त गोकुलानन्दले भने ।