गरिमाको १० प्रतिशत लाभांश पारित

Image
काठमाडौं – गरिमा विकास बैंकको लाभांश पारित भएको छ । पोखरामा सम्पन्न बैंकको १७औं वार्षिक साधारण सभाले १० प्रतिशत लाभांश पारित गरेको हो । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ९ दशमलव ५० प्रतिशत बोनश सेयर र कर प्रयोजनार्थ शून्य दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । सोही प्रस्ताव १७औं साधारण सभाले पारित गरेको हो । हाल बैंकको चुक्ता पुँजी ५ अर्ब १८ करोड ७६ लाख ८७ हजार ५७ रुपैयाँ छ । बोनस सेयर वितरणपश्चात बैंकको चुक्ता पुँजी ५ अर्ब ६८ करोड ५ लाख १७ हजार ३ सय २७ रुपैयाँ पुगेको छ । विकास बैंकका हाल देशभर १२३ शाखा कार्यालय र ५१ वटा एटीएम मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकले हालसम्म बैंकले करिब ८० अर्ब निक्षेप संकलन गरेको छ भने करिब ६९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
Tags: