माछापुच्छ्रे बैंकको शेयर किन्ने आज अन्तिम दिन

Image
काठमाडौं– माछापुच्छ्रे बैंकको शेयर किन्ने आज अन्तिम दिन रहेको छ । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन दिन सकिने छ । बैंकले पुस २५ गतेदेखि संस्थापक सुरेन्द्र महतोको नाममा रहेको १ करोड १२ लाख ३२ हजार ४९२ कित्ता शेयर बिक्री गर्न खोजेका हुन् । बैंकले यसमा प्रतिकित्ता शेयरको न्यूनतम भाउ ११५ रुपैयाँ तोकेको छ । यसमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । उक्त शेयर संस्थापक शेयरधनीहरुले शेयर खरिद नगरेपछि सो शेयर सर्वसाधारण लगानीकर्तालेसमेत किन्न सक्ने गरी बिक्री खुला गरिएको हो । शेयर खरिद गर्न इच्छुकले माछापुच्छ्रे क्यापिटल, जेडीए कम्प्लेक्स सुन्धारा काठमाडौंमा के कति शेयर खरिद गर्ने सो को बेहोरा खुलाई आवेदन फारम बुझाउनुपर्नेछ ।
Tags: